२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालककोे शव फेला: सडक अवरुद्ध



अ+ अ-

अर्घाखाँची । पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ ।  पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।  सुस्त मनस्थितिकी माहिली आमासँग घर नजीकैको बारीमा जांँदै गर्दा  जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।

यसैबीच शुक्रबार राति नरपानीमा गएको पहिरो खस्नेक्रम नरोकिएपछि पाँच दिनदेखि गोरुसिङ्गे– सन्धिखर्क सडक अझै खुल्न सकेको छैन । पाँच दिनदेखि लगातार परेको वर्षाका कारण नरपानी र खाँचीखोलाबीचमा पहिरो गएको हो ।  पहिरो पन्छाउन दुई डोजरले लगातार काम गरे पनि  खस्नेक्रम नरोकिँदा खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस र अन्य सवारी साधन आवतजावत गर्न नपाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । 
यस्तै शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण  जिल्लामा अधिकांश ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।