२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको छोङकिङमा क्यान्टिनमा विस्फोट, २० जनाभन्दा बढी फसेको आशङ्का



अ+ अ-

एजेन्सी । चीनको दक्षिण पश्चिमी वुलोङ जिल्लास्थित छोङकिङ नगरपालिकामा रहेको सरकारी कार्यालयको क्यान्टिनमा शुक्रबार मध्याह्न विस्फोट भएपछि २० जनाभन्दा बढी मानिस फसेका अनुमान गरिएको छ ।

गत दिउसो १२ः१० मा ग्यास लिक भएपछि विस्फोट भएको र विष्फोटबाट भवनको तला भत्किँदा कम्तीमा २० जना त्यसभित्र फसेको नगरपालिका स्रोतले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट हुँदा मानिसहरू क्यान्टिनमा खाजा खाइरहेका थिए ।

घाइतेमध्ये धेरैलाई उपचारका लागि तत्काल अस्पताल पु¥्याइएको र समाचार तयार पार्दासम्म उद्धारकार्य चलिरहेको छ ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यलाई अनुगमन गर्न विज्ञसहितको एउटा टोली पठाएको छ ।   आकस्मिक व्यवस्थापन मन्त्री हुआङ मिङले स्थितिको तत्काल निरीक्षण गर्न, घटनापछि फसेका पीडितको एकीन सङ्ख्या पत्ता लगाउन, दुर्घटनाको कारण पत्ता लगाउन र यस्ता दुर्घटनाफेरि हुन नदिन निर्देशन दिनुभएको छ ।

स्थानीय अग्नि नियन्त्रण तथा उद्धार विभागले उक्त स्थानमा २६० जना व्यावसायिक सदस्य र ५० वटा उद्धार यन्त्र पठाएको बताएको छ । मन्त्रालयका अनुसार २० वटा क्रेन र उत्खननका लागि साधनस्रोतले सुसज्जित ६० जना व्यावसायिक व्यक्तिलाई लगिएको छ ।