काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्ग शुक्रबार भएका खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
विभागीय फुटबल क्लब एपिएफ र जावलाखेल युथ क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन । तालिकामा सम्मानजनक स्थान हाँसिल गर्न जितको खोजिमा रहेका दुबै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अंक बाँड्दै आठौं चरणको आफ्नो खेल सकाएका छन् ।
बराबरीपछि एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत रहँदा ललितपुरे टोली जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा यथावत रहेको छ ।
लिगमा शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई आतिथ्यता गर्नेछ ।











