५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सकस: नुवाकोट पुगेर प्रधानमन्त्री देउवाले भन्नुभयो, रावल लाज हराएको मान्छे हो (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको विरोधमा उत्रिनुभएका नेकपा एमालेका नेता भीम रावलप्रति आक्रामकरुपपा प्रस्तुत हुनुभएको छ । नुवाकोटाको किस्याङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा नेता रावलप्रति आक्रामक बन्नु भएको हो ।

उहाँले भन्नुभयो, “आफैँ रहेका मन्त्रिपरिषद्को बैठकबाट संसद्बाट पास गर्नुपर्छ भन्ने अनि खिलापमा बोल्दै हिँड्ने त्यो रावललाई लाज छैन । दुईजिब्रे कुरा गर्ने त्यो बेला किन मन्त्रीबाट राजीनामा नगरेको ? किन रावललाई मात्र टाउको दुख्छ यो विषयमा ?” एमसीसीका बारेमा जवाफ दिनै पर्ने भो भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आफू रक्षामन्त्री हुँदा एमसीसीलाई संसद्मा ल्याउने अनि विरोधमा बोल्दै हिँड्ने ? त्यसबेला के उनको दिमाग खुस्केको थियो ? रावल सरकारका मन्त्री र पार्टीका उपाध्यक्ष थिए । विरोध गर्ने भए किन राजीनमा दिएर बाहिर ननिस्किएको हो ?” उहाँले एमसीसी विकास परियोजना भएको उल्लेख गर्दै सबैको सहयोग लिएर विकास गर्नुपर्ने बताउनुभयो ।

एमाले नेता रावलले दलको संसद्मा विरोध रहेकै बेलामा पनि सभामुखसँग समय लिएर निरन्तर एमसीसीका बारेमा आवाज उठाउँदै आउनुभएको छ भने एमसीसीमा राष्ट्रघात रहेको भन्दै अभिव्यक्तिहरु दिँदै आउनुभएको छ ।