२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सकस: नुवाकोट पुगेर प्रधानमन्त्री देउवाले भन्नुभयो, रावल लाज हराएको मान्छे हो (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको विरोधमा उत्रिनुभएका नेकपा एमालेका नेता भीम रावलप्रति आक्रामकरुपपा प्रस्तुत हुनुभएको छ । नुवाकोटाको किस्याङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा नेता रावलप्रति आक्रामक बन्नु भएको हो ।

उहाँले भन्नुभयो, “आफैँ रहेका मन्त्रिपरिषद्को बैठकबाट संसद्बाट पास गर्नुपर्छ भन्ने अनि खिलापमा बोल्दै हिँड्ने त्यो रावललाई लाज छैन । दुईजिब्रे कुरा गर्ने त्यो बेला किन मन्त्रीबाट राजीनामा नगरेको ? किन रावललाई मात्र टाउको दुख्छ यो विषयमा ?” एमसीसीका बारेमा जवाफ दिनै पर्ने भो भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आफू रक्षामन्त्री हुँदा एमसीसीलाई संसद्मा ल्याउने अनि विरोधमा बोल्दै हिँड्ने ? त्यसबेला के उनको दिमाग खुस्केको थियो ? रावल सरकारका मन्त्री र पार्टीका उपाध्यक्ष थिए । विरोध गर्ने भए किन राजीनमा दिएर बाहिर ननिस्किएको हो ?” उहाँले एमसीसी विकास परियोजना भएको उल्लेख गर्दै सबैको सहयोग लिएर विकास गर्नुपर्ने बताउनुभयो ।

एमाले नेता रावलले दलको संसद्मा विरोध रहेकै बेलामा पनि सभामुखसँग समय लिएर निरन्तर एमसीसीका बारेमा आवाज उठाउँदै आउनुभएको छ भने एमसीसीमा राष्ट्रघात रहेको भन्दै अभिव्यक्तिहरु दिँदै आउनुभएको छ ।