२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद तामाङको प्रश्तावः प्रधानसेनापति जसरी नै प्रहरी महानिरीक्षक नियुक्त हुने व्यवस्था विधेयकमा गरौँ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैँ प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न माग गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो ।

जसबारेमा आफ्ना धारणा राख्दै उहाँले नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक यो बन्दैछ भन्ने पूर्वजानकारी हुनु आवश्यक रहेको बताउनु भयो । उहाँले एआईजी भइसकेको व्यक्तिमाथि यसमाथि यो दाग र यो निष्कलंक छ भन्ने स्पष्टताका आधारमा नियुक्ति हुनु आवश्यक रहेको बताउनु भयो । कुनैपनि मुद्दामा नमुछिएको, कुनै स्पष्टीकरण नसोधिएको एआइजी स्वतः आइजिपी बन्न योग्य रहने कुराको ग्यारेन्टी विधेयकमा गर्नुपर्ने बताउनु भयो ।

सांसद तामाङले भन्नुभयो, ‘यो बढुवाको विषय छ । म यति वर्ष काम गरेपछि मेरो दाग कतै लागेको छैन । मलाई कतै स्वष्टीकरण सोधिएको छैन । म कुनै केसमा मुसिएको छैन । यति वर्षमा म यो पदमा पुग्छु, भन्ने ग्यारेन्टी यसमा हुनुप¥यो । आर्मीमा त प्रधानसेनापति फलानो हुन्छ भन्ने थाहा हुन्छ । प्रधानसेनापति को हुने भन्नेकुरा अहिले नै थाहा छ । विशेष परिस्थिति नपरेको खण्डमा थाहा छ । त्यस्तै आइजिपी पनि त्यस्तै हुनुपर्छ । एआईजी भइसकेपछि यसलाई यस्तो स्पष्टीकरण सोधिएको थियो, यसलाई यस्तो भएको थियो भनेर यो उत्कृष्ट छ भन्ने ट्याक्कै हुनुपर्छ । त्यो स्थिति विधेयकमा कसरी व्यवस्था गर्न सकिन्छ गरौँ ।’

सांसद तामाङले विभिन्न बाधा चिरेर विधेयक ल्याउनुभएको भन्दै गृहमन्त्रीलाई धन्यवादसमेत दिनुभयो । यो विधेयक समय र परिस्थितिसँग मिल्दो रहेको उहाँको भनाइ छ ।