९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल

कति छ गभर्नर पौडेलको सम्पत्ति ?

कति छ गभर्नर पौडेलको सम्पत्ति ?
अ अ+ अ-

काठमाडौँ । गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जसअनुसार उनीसँग करिब २३ करोड सम्पत्ति रहेको छ ।

गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार उनले सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका हुन् ।

उनीसँग दुई स्थानमा घरजग्गा रहेको छ । दुवै स्थानको जग्गा श्रीमती प्रतिभाको नाममा रहेको छ । ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ ।

यस्तै, पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रूपैयाँमा यो घरजग्गाको किनेको उल्लेख गरेका छन् । नवलपरासीको गैंडाकोटमा पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले ६० लाख रूपैयाँमा घर किनेको खुलाएका छन् ।

गभर्नर पौडेलसँग ४५ तोला सुनका गहना छन् । त्यस्तै, करिब १५ लाख रूपैयाँ बराबरको हिरा छ । सुन पैतृक रूपमा पाएको उनले उल्लेख गरेका छन् ।

पौडेल र उनको पत्नीका नाममा बैंकमा २० लाख ६८ हजार रूपैयाँ बचत छ । उनको पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर छ । पौडेलले आफ्नो र पत्नीको नाममा गरेर १४ करोड रूपैयाँभन्दा बढीको सेयर रहेको देखाएका छन् ।

उनको सानिमा बैंक, सानिमा माई हाइड्रो, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी लिमिटेडमा सेयर रहेको छ ।

पौडेलको पत्नीका नाममा ४४ लाख रूपैयाँमा खरिद गरेको सुजुकी कार रहेको उनले विवरणमा उल्लेख गरेका छन् ।