५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइल्याटरल ऋण लिन बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री महत



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरु लिन नहुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको तरिकाबाट लिइरहेको बाइल्याटरल ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गर्नुभयो । नेपालले उदार र महंगो दरमा ऋणहरु लिन नहुने उहाँको भनाइ छ । बाइल्याटरल ऋणका शर्तहरु नसुहाउँदो रहेको भन्दै उनीहरुकै ठेकदार र उनीहरुलाई छोटो समयमै फिर्ता दिनुपर्ने महंगो ब्याजको ऋण लिन बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले बहुपक्षीय ऋण नेपालले लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताउनु भयो । आफू आन्तरिक ऋण बढाउनै हुँदैन भन्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

पूर्वअर्थमन्त्री महतले भन्नुभयो, ‘बाइल्याटरल ऋण जसरी हामी लिइरहेका छौँ, त्यसले हामीलाई फाइदा दिइरहेको छैन । यस्तो मुनिफिसेन्ट र कस्टली ऋणहरु हामीले लिनु हुँदैन । बाइल्याटरल ऋण यही तरिकाबाट लिन बन्द गर्नुपर्छ । बाइल्याटरल ऋणका जुन तमाम शर्तहरु छन्, उनीहरुकै सामान, उनीहरुले ठेकदार र त्यसमाथि सर्ट टर्ममै रिटेन गर्नुपर्ने र हाइ इन्ट्रेस्ट रेट । यो कुनै हामीलाई सुट गरिरहेको छैन । कि त हामीले मल्टील्याटरल एजेन्सीबाट जसरी लिन्छौँ त्यो शर्त स्वीकार गर्नुपर्छ । होइन भने हामी बाइल्याटरल ऋण डिस्करेज गर्नुपर्छ । र मल्टील्याटरल ऋण लिने तर मल्टील्याटरल ऋणमा हाम्रो प्रोजेक्ट च्वाइसमा हाम्रो सघन सहभागिता नेपालको हुनुपर्छ । नेशनल वर्नरसिप । यो भयो भने मलाई लाग्छ इन्टरनेशनल फाइनान्सिङको कुरा गर्दा ऋणको जुन पार्ट छ, यसको इफिसेन्ट एलोकेसन हुनसक्छ । यो मोडेलमा जानुपर्छ । इन्टरनल ऋण बढाउनै हुँदैन भन्ने पक्षमा होइन । बढाउन सकिन्छ ।’

पूर्वअर्थमन्त्री महतले रिसोर्स बिनाको अनफण्डेट अधिकार खोलिरहेको बताउनु भयो । उहाँले जलवायु वित्त पनि नेपालले न्युन पाइरहेको बताउनु भयो । नेपालसँग पर्याप्त वन क्षेत्र रहेको बताउनु भयो । बजेट धेरै विकृत भएको बताउँदै शुन्यबाट पुनः निर्माण शुरु गर्न जरुरी रहेको बताउनु भयो ।




भर्खरै