१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहित पेशागत मर्यादा हो: प्रधानसम्पादक पाठक



अ+ अ-

कैलाली ।राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठकले आचारसंहिता पेशागत मर्यादा भएको बताउनुभएको छ । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौँद्वारा आज सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा आयोजित ‘क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम’मा ‘आचारसंहिता एक दृष्टिकोण, मुद्दा र संस्कृति’ शीर्षकमा प्रशिक्षण दिँदै प्रधानसम्पादक पाठकले आचारसंहिता पालनाले हरेकको ईज्जत बचाउने बताउनुभयो । 

“गलत सूचना प्रवाहले समाजमा पर्न जाने नोक्सानलाई विचार पुर्याउनुपर्दछ । आचारसंहिता पालना गर्नु हाम्रो पेशागत दायित्व हो”, उहाँले भन्नुभयो, “यसमा पत्रकार अझ बढी जिम्मेवार हुनुपर्दछ किनकी पत्रकारले सबै काममाथि निगरानी राखेको हुन्छ ।” पत्रकारिता हतारिएको साहित्य भएकाले पत्रकारको गलत समाचार सम्प्रेषणले सिङ्गो देश र जनतामा असर पर्ने भएकोले सावधानी अपनाउनुपर्ने उहाँको भनाइ थियो । 

प्रशिक्षक मनमोहन स्वाँरले स्थानीय मिडियामा पत्रकार आचारसंहिताको अवस्थाका विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो । अन्य सङ्गठन, व्यक्ति, निकायले आचारसंहिता पालना गरे गरेनन् भन्ने कुराको खबरदारी गर्ने पत्रकार स्वयंले आचारसंहिताका विषयमा ख्याल गर्नुपर्नेमा उहाँको जोड थियो । 

आयोजक संस्थाका अध्यक्ष सरु सुवेदीका अनुसार दुई दिनसम्म सञ्चालन हुने तालिममा शनिबार प्रशिक्षक यशोदा तिमल्सिना, मनमोहन स्वाँर, चित्राङ्ग थापा, डिल्लीरमण सुवेदीले प्रशिक्षण दिनु हुनेछ । उक्त कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका करिब तीन दर्जन पत्रकारको सहभागिता रहेको छ । रासस