८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मलाई अपमान गर्नुस् सहन्छु तर शहीदको बलिदान र संविधानप्रतिको अपमान सह्य हुँदैनः प्रधानमन्त्री

मलाई अपमान गर्नुस् सहन्छु तर शहीदको बलिदान र संविधानप्रतिको अपमान सह्य हुँदैनः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्द उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराउनु भयो ।

अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको बताउनु भयो । आफूमाथि कुने गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरुको बलिदानप्रतिको अपमान सहन नसक्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान त्यो कुरा नगराँै । यस प्रणालीको रक्षा गर्नु, यस संविधानको रक्षा गर्नु, यो प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसम्म पु¥याउनु अहिलेको सरकारले आफ्नो कर्तव्य ठान्छ । यस कुरामा कुने कम्परमाइज गर्दैन । राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा लोकतन्त्रको प्रश्नमा र म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु । तर शहीद, शहीदप्रतिको अपमान, शहीदले दिएको बदिलानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानको अपमान, प्रणाली, संविधानको अपमान सह्य हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बोल्दा संयम अपनाएर बोल्न पनि आग्रह गर्नुभयो । संसदले कुनैपनि कुरालाई हल्का ढंगले लिन नहुने बताउनु भयो ।