१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु

जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने सपूतहरूको योगदान बिर्सिनुहुन्नः उपप्रधानमन्त्री सिंह

जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने सपूतहरूको योगदान बिर्सिनुहुन्नः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने महान सपूतहरूको योगदान राज्यले बिर्सिन नहुने बताउनुभएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले देश र जनताको लागि जीवन अर्पण गर्नुभएका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले उहाँहरूको नाममा विकास योजना र कार्यक्रम गर्दै आएको बताउनु भयो । राणाहरूको जहानीय शासनको मोतीयुगिन सामन्ती पिँजडामा थुनिएका जनतालाई  स्वतन्त्र र सार्वभौम नागरिक बनाउन सङ्घर्ष गर्नुभएका विपी कोईराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदनकुमार भण्डारी लगायतका सपूतहरूको योगदानको अतुलनीय रहेको बताउनुभयो ।

उहाँले मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साना प्रधान र साधना प्रधान लगायतका महिलाहरूको सङ्घर्ष र योगदान पनि अविस्मरणीय रहेको जिकिर गर्नुभयो । मन्त्री सिंहले यस वर्ष पनि सोनामधन्य महामानवप्रति कृतज्ञता स्वरूप केही योजनामा बजेट विनियोजन गरिएको स्पष्टीकरण दिनुभयो । उहाँले महान सपूतहरूको योगदानको ऋण जनताले तिर्न नसके पनि कृतज्ञता व्यक्त गर्नसक्ने धारणा राख्नुभयो । उहाँले ती सपूतहरू अब व्यक्ति नभई राज्यको प्रतीकको रूपमा रहनुभएकोले उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “राणाहरूको जहानीय शासनको मोतीयुगिन सामन्ती पिँजडामा थुनिएका नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम नागरिक बनाउने लामो सङ्घर्षमा सपूतहरू विपी कोईराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदनकुमार भण्डारीहरूको योगदानको सम्बन्धमा मैले बुझाइरहनुपर्दैन । यस्तै, मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साना प्रधान, साधना प्रधान लगायतका महिलाहरूको सङ्घर्ष र योगदान पनि अविस्मरणीय छ । राणा र शाहहरूको निरङ्कुश शासन कालमा यी सोनामधन्य महापुरुषहरूको नाम लिनु पनि अपराध ठहरिन्थ्यो । लोकतन्त्रको पुनस्र्थापनापछि मात्र राष्ट्रले उहाँहरूको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो । देश र जनताको लागि जीवन अर्पण गर्नुभएका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले उहाँहरूको नाममा केही विकास योजना कार्यक्रम गर्दै आएको छ ।  यस वर्ष पनि ती सोनामधन्य महामानवप्रति कृतज्ञता स्वरूप केही योजनामा बजेट विनियोजन गरिएको हो । नागरिक भएकोमा गर्व गर्ने, रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरूको नामप्रति पक्कै द्वेष नहोला । उहाँहरूको योगदानको ऋण त नेपाली जनताले तिर्न सक्दैनन्, तैपनि कृतज्ञता व्यक्त गर्न सक्छन् । उहाँहरू अब व्यक्ति नभई राज्यको प्रतीकको रूपमा रहनुभएकोले उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व हो ।”  

उहाँले मन्त्रालयबाट कार्यक्रम प्रस्ताव गर्दा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित रहेका र स्थानीय तहहरूबाट माग भएका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बताउनु भयो । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयको बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख बराबरको रहेको छ ।