२२ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर बनेनः कुलपति राई



अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ताले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम र कला–साहित्यको अवस्था समेतप्रति प्रश्न उठाउँदै राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आर्जन गरेको ज्ञानलाई जेन–जी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने महत्वपूर्ण चुनौती रहेको छ । हाम्रा पुर्खाहरुले आर्जन गरेका ज्ञान, हामीले उत्पादन गरेका ज्ञान र अहिलेको पुस्तालाई हाम्रो ज्ञानको सेतु कहाँ जोड्ने हो ? नेपाल प्रज्ञा प्रतिष्ठानले के गर्ने हो ? यसको लागि गम्भिर बहस र विमर्श गर्नुपर्ने आवश्यकता आइसकेको छ । जेन–जीको टिप्पणीलाई आधार मान्ने हो भने हामीले त ति पुस्तालाई डिप्रेसनको सिकार मात्र मानिरहेका रहेछौँ । दिएको त केही पनि छैनौँ । अहिलेको जेनजी लाई हामीले कस्तो पाठ्यक्रम दिइरहेका छौँ ? अहिलेको ललितकला कहाँ छ, संगितकला कहाँ छ ? अहिलेको साहित्य कस्तो हुनुपर्ने ? यो हाम्रो र राज्यको दायित्व हैन ?’

कुलपति राईले ज्ञानको सेतु निर्माण गर्न अब राज्य र बौद्धिक समाज मिलेर साझा पहल गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।