८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उडान रद्ध हुँदा यात्रुहरुको बिचल्ली, चिसो भुँइमै रात बिताए, अब के गर्ने टुंगो छैन

उडान रद्ध हुँदा यात्रुहरुको बिचल्ली, चिसो भुँइमै रात बिताए, अब के गर्ने टुंगो छैन
अ अ+ अ-

काठमाडौँ । बर्खायम्, हिलाम्मे बाटो । बुटबल– दाउन्ने–नारायणगढको बाटो छिचोल्दै २४ घण्टा लगाएर कपिलवस्तु गजेडाका दिनेश विक काठमाडौं आए । साउदी अरब जान काठमाडौं आएका दिनेश यतिबेला काठमाडौंमा अलपत्र छन् । घरबाट हिँड्दा सब ठिकठाक थियो । काठमाडौं आएपछि बिहानपख उनलाई थाहा भयो टिकट क्यान्सिल भयो । सबै भिसा, कागजात ठिकठाक भएपनि उनी उड्न नपएको र १० बजेको टिकट रद्द भएको एयरलाईन्सले बताएको उनले बताए ।

साउदी अरब जान काठमाडौं आएका दिनेश भन्छन्– ‘अचानक टिकट क्यान्शिल भयो । काठमाडौं बिहान ५/६ बजे आइयो । १० बजेको टिकट थियो । अहिलेसम्म उड्न पाइएन । एयरलाइन्सले हात्तिसार जान भन्छ । हामीलाई केही थाहा छैनन् किन जाने ? के का लागि जाने । सरकारले हामीलाई छिटो पठाउनुप¥यो ।’ दिनेशलाई उडान किन रोकियो त्यो पनि थाहा छैन ।

झापाका किरणकुमार मुखिया सुनुवार दुबई जानका लागि हिजो काठमाडौंमा आए । राति ११ बजेर ४५ मिनेटको उडान भएपनि उनी उड्न पाएनन् । इरानले कतारमा आक्रमण गरेपछि सबै उडान रोकिएपछि अहिलेसम्म उड्न नपाएको सुनुवार बताउछन् ।  उनी भन्छन्–‘कतारमा बमबारी भएका कारण उड्न रद्ध भएको भनियो । मिडियाहरुमा पनि त्यही देखियो । अहिलेसम्म आधिकारीक रुपमा केही जानकारी आएको छैनन् । रातिदेखि चिसो भुँइमा पानी परिरहेको थियो । त्यही बस्नुपर्यो। एयरलाइन्सवालाहरुले बाहिर जानु । मेनपावरसँग सम्पर्क गर्न भन्छ । मेनपावरले एकछिन त्यहीँ बस भन्दैछ । के गर्ने दोधारमा छु ।’

उनले काठमाडौंमा आफूहरु अलपत्र परेको बताए । सुनुवारकाअनुसार खाना बस्नका लागि कुनै केही व्यवस्था छैन । उनले हिमालय एयरलाइन्सको टिकट काटेका थिए ।

स्पेन जानका लागि पोखराबाट काठमाडौं आएकी हिमा कार्की अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेकी छन् । उनी भन्छिन्–‘हिजो पोखराबाट आए । होटलमा बसे । अहिले उड्न समयमा यहाँ आउँदा रोकिएको छ । पहिल्यै हामीलाई सूचनाहरु हुनुपथ्र्यो । यदी रोकिने भए । केही जानकारी पाइएन । यो त हाम्रो सरकरको लापरबाही हो जस्तो लाग्छ । भोली अफिस जानु छ । नाति छोरी पनि सँगै छन् । अलपत्र परियो ।’

उहाँकाअनुसार कतार एयरलाइन्सले पनि यात्रुलाई होटलको व्यवस्था गरेर राख्नुपथ्र्यो । तर सयौं यात्रु अलपत्र पारेको छ । धनगढीका रामकुमार सदार साउदी अरब जानका लागि रातरात काठमाडौं आए । तर अहिलेसम्म उड्न पाएका छैनन् ।  उनी भन्छन्–‘२३ तारिखको फ्लाइट थियो । १० बजेर ५ मिनेटको फ्लाइटमा उड्न पाइएन । हामीलाई कुनै जानकारी दिइएन । फ्लाइट क्यानिसल गरियो । पेलेनमा गएर एक डेढ घण्टा बसियो । पछि प्लेन उडेन ।’

अहिले आफूहरु अलपत्र परेको उनले बताए । खाना बस्नका लागि आफूहरुसँग पैसा पनि नभएको उनको भनाई छ । उनीहरुजस्तै सयौँ जना यतिबेला त्रिभुवन विमानस्थलमा अलपत्र छन् । कतिबेला उड्ने उनीहरुलाई पत्तो छैन ।राज्यले पनि सहजीकरण गर्न सकिरहेको छैन । इरानले आफ्ना आणविक भट्टीहरूमा अमेरिकी आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो । रातिदेखि खाडिका उडान बन्द भएपछि सरकारले अलपत्र यात्रुका बारेमा चासो नदेखाएको उड्न नपाएका अलपत्र यात्रुहरुले बताएका छन् ।