२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन्ः सचिव भट्टराई

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन्ः सचिव भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराईले संसदप्रति मन्त्रीहरु जिम्मेवार नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकै पटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसदप्रतिको गैरजिम्मवारी भएको जिकिर गर्नुभयो । उहाँले संसद चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गर्नुभयो ।

संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने र मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही बनाउने बताउनु भयो । संसदमा उपस्थित भएर गम्भीरताकासाथ नलिने हो भने आफूले प्रश्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग नलिए त्यसप्रति जिम्मेवार नभइने बताउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘आज यो १० वटा मन्त्रालय कसरी पुग्यो ? एकै पटक १० वटा मन्त्रालयको छलफल गरेर हामी कसरी एउटा कन्स्ट्रस्टिभ ढंगले संसदमा भुमिका खेल्नसक्छौँ । एउटा यो गम्भीर प्रश्न हो । १० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरु आउनु भएन । अस्ति केही मन्त्रीजीहरु आउनुभएन । अनि थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो । म माननीय मन्त्रीहज्युहरुलाई भन्न चाहन्छु, संसद चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला यहाँ । जसले गर्दा यहाँ नआएर अन्तै जानुपर्ने के प¥यो होला । यो निकै गम्भीर प्रश्न हो ।

संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही भन्छ । मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही भन्छ । जब हामी संसदमा उपस्थित भएर गम्भीरताकासाथ भाग लिँदैनौँ, आफूले प्रश्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग लिँदैनाँै भने गर्छौं के ? विधायिकी काममा भाग लिँदैनौँ भने गर्छौं के ? तीतो नमान्नुहोला माननीय मन्त्रीज्युहरु समयमा नआउने, जसले गर्दा एक घण्टापछि हामीले यो शुरु गरेका छौँ । किनभने मन्त्रीज्यु नआएर हो ।’

सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरुलाई सुझाव दिनुभयो ।