५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित
अ+ अ-

कास्की। पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलमा कास्की र पर्वत विजयी भएका छन् ।

प्रतियोगिताको समूह ‘बी’ रहेका कास्कीले यससँगै लगातार दोस्रो जित निकाल्दा पर्वत पहिलो पटक विजयी भएको छ । कास्कीले गोरखालाई १० विकेटको सानदार जित निकाल्दा पर्वतले नवलपुरलाई १५ रनले हराएका हो ।

यससँगै कास्की दुई खेलमा दुई खेल नै जित्दै चार अङ्कका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक÷एक खेल जित्दै समान दुई/दुई अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतियोगिताको लिग चरणको बिहीबारको खेलले फाइनलमा पुग्ने टिमको टुङ्गो लाग्नेछ । पहिलो खेलमा गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरकाबीच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । आजको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ सुरु गरेकामा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३१ रन बनायो ।

टोलीका लागि अभिषेक थापाले ४० बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५२ रन बनाए । अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए । नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान दुई/दुई विकेट लिएका थिए ।

खेलमा जितका लागि १३२ रनको लक्ष्य पछ्याएको नवलपुर १८ ओभरको पाँचौँ बलमा ११६ रनमात्र बनाउन सक्यो । गौरव विष्टले २५, स्वीकार श्रेष्ठले १८ र विगत पाण्डेले १७ रन बनाए । पर्वतका कप्तान अमृत गुरुङले चार विकेट लिए ।

यसैगरी दोस्रो खेलमा कास्कीले गोरखालाई १० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९ ओभरको पाँचौँ बलमा सबै विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो । गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे । कास्कीका सुवास भण्डारीले सर्वाधिक तीन विकेट लिए ।

खेलमा जितका लागि ९१ रनको सामान्य लक्ष्य पाएको कास्कीले आठ ओभरको चौथो बलमा कुनै पनि क्षति बिना लक्ष्य भेट्टायो । अनिल गुरुङले २७ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा यही जेठ ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकीका आठ जिल्लाले प्रतिस्पर्धा गरेका छन् । च्याम्पियन टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।