१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन थपिए ९४४ संक्रमित, निको हुने २९७ जना



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।  

पछिल्लो २४ घण्टामा जम्मा १३ हजार २६४ नमुना परीक्षण गर्दा आरटी पीसीआरबाट ९ हजार ७६२ र एन्टीजेनबाट ३ हजार ५०२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट ६९६ र एन्टीजेनबाट २४८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २९७ जना संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।