८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जी–७ बाट चाँडै बाहिर निस्कनु इजरायल–इरान युद्धविरामसँग ‘कुनै सम्बन्ध छैन’– ट्रम्प

जी–७ बाट चाँडै बाहिर निस्कनु इजरायल–इरान युद्धविरामसँग ‘कुनै सम्बन्ध छैन’– ट्रम्प
Canada's Prime Minister Mark Carney, from left, U.S. President Donald Trump and Britain's Prime Minister Keir Starmer attend a family photo session during the G7 Summit, in Kananaskis, Alberta, Monday, June 16, 2025. (Suzanne Plunkett/Pool Photo via AP)
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट आफ्नो चाँडै प्रस्थानको इजरायल र इरानबीचको सम्भावित युद्धविरामसँग ‘कुनै सम्बन्ध नभएको’ भन्दै फ्रान्सका राष्ट्रपतिले अन्यथा सुझाव दिनु ‘गलत’ भएको बताउनुभएको छ ।

“प्रचार खोज्न फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायल र इरानबीचको ‘युद्धविराम’ मा काम गर्न म क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट वासिङ्टन डिसीमा फर्किन गएको कुरा गलत रूपमा भन्नुभयो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “गलत१ उहाँलाई थाहा छैन किन म अहिले वासिङ्टन जाँदैछु, तर यसको निश्चित रूपमा युद्धविरामसँग कुनै सम्बन्ध छैन । त्योभन्दा धेरै ठूलो कुरा हो । जानाजानी होस् वा होइन, इमानुएलले सधैँ यसलाई गलत ठान्नुहुन्छ । प्रतीक्षा गर्नुहोस् १”

म्याक्रोनले संयुक्त राज्य अमेरिका इरानसँग कूटनीतिक सम्झौता गर्न तयार रहेको सुझाव दिनुभएको थियो ।

“बैठक र छलफलको प्रस्ताव आएको थियो”, म्याक्रोनले जी–७ शिखर सम्मेलनको साइडलाइनमा पत्रकारहरूलाई भन्नुभयो, “यदि संयुक्त राज्य अमेरिकाले युद्धविराम ल्याउन सक्छ भने, यो धेरै राम्रो कुरा हो ।”

अमेरिकी सहयोगी इजरायल र इरानले लगातार पाँचौँ दिन गोलाबारी गरेपछि ट्रम्प जी–७ सम्मेलनबाट एक दिनअघि नै प्रस्थान गर्नुभएको थियो ।

औद्योगिक प्रजातन्त्रका नेताहरूले सोमबार इजरायल–इरान द्वन्द्वबाट सुरु गरेर मध्यपूर्वमा ‘तनाव कम गर्न’ आह्वान गर्दै इजरायललाई ‘आफ्नो रक्षा गर्ने अधिकार छ’ र दुवै पक्षका नागरिकहरूको सुरक्षा गर्न आवश्यक छ भनी जोड दिएका छन् ।

आफ्नो प्रस्थानअघि सहयोगी जी–७ नेताहरूसँगको समूह फोटोमा ट्रम्पले भन्नुभयो, “म सकेसम्म चाँडो फर्कनुपर्छ । मेरो इच्छा छ कि म भोलिसम्म रहन सक्थेँ, तर उनीहरूले बुझ्छन्, यो ठूलो कुरा हो ।”