५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग्य र नैतिक कर्मचारी छनोटमा लोकसेवा आयोगको भुमिका प्रशंसनीयः राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योग्य, नैतिक र जिम्मेवार कर्मचारी छनोटमा लोकसेवा आयोगले निर्वाह गर्दै आएको भुमिकाको प्रशंसा गर्नुभएको छ ।

आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आईतवार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आयोगले सात दशकभन्दा बढी समयदेखि मुलुकको स्थायी प्रशासन सञ्चालनका लागि स्वच्छ र दक्ष जनशक्ति छनोट गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले लोकसेवा आयोगलाई प्रेरित, उच्च नैतिकता भएको, अनुशासित र राष्ट्रप्रति सद्भाव राख्ने कर्मचारी छनोटमा अझ सजग र चनाखो हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्यतम् कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले साढे सात दशकको अवधीमा आफ्नो मूल सिद्धान्त, स्वच्छता र दक्षतालाई प्रमुख आधार मान्दै क्रियाशील रहनु प्रसंशनीय पक्ष हो । आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सबै वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व एवं जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ । सो उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्छन् भन्ने अर्थलाई हामीले बिर्सनु हुन्न ।’

नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भए यता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको उहाँको भनाइ छ ।