५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

१५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड-२०८२ अन्तर्गत उसु खेल समापन

१५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड-२०८२ अन्तर्गत उसु खेल समापन
अ+ अ-

काठमाडौँ। १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड-२०८२ अन्तर्गत आयोजित उसु खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

समापन समारोहमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विश्वास, उपमहासचिव राजिव महर्जन, राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) का बोर्ड सदस्य दिपेन्द्र बिष्ट, तथा उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदकका साथै नगद पुरस्कार स्वरूप क्रमशः रु ५,०००/-, रु ३,०००/-, र रु २,०००/- प्रदान गरिएको थियो।

पदक तालिका अनुसार टिम नतिजा निम्नानुसार रहेको छ।
• प्रथम स्थान: बागमती प्रदेश — ८ स्वर्ण पदक
• द्वितीय स्थान: सुदूरपश्चिम प्रदेश — ३ स्वर्ण पदक
• तृतीय स्थान: लुम्बिनी प्रदेश — १ स्वर्ण पदक

नेपाल उसु महासंघले प्रतियोगितामा सहभागी सम्पूर्ण प्रदेशका खेलाडी, प्रशिक्षक, निर्णायक तथा आयोजकहरूप्रति आभार व्यक्त गरेको छ। महासंघले भविष्यमा अझ सफल र व्यापक प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।