८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ
अ अ+ अ-

गण्डकी । लहरै गुुचमुच्च घरहरू, ढुुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि । लम्जुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो ।

गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ । समुन्द्री सहतबाट एक हजार ८५४ मिटर उचाइमा रहेको यो गाउँ यतिखेर प्रकृति र संस्कृतिका माध्यमबाट पर्यटक लोभ्याउँदै आएको छ ।

कृष्णचरित्र, घाटु, लामा, झाँक्री, घ्याप्रिङ, झ्याउरे र रोधीलगायत नाचले यहाँको सांस्कृतिक महत्वलाई उजागर गरिरहेका छन् । गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न र पुुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरणका लागि निरन्तर पहल भइरहेको सिउरुङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव एवम् सिउरुङ घरबास ९होमस्टे०का सचिव उमरबहादुर गुरुङले जानकारी दिनुभयो । यहाँबाट देखिने हिमालचुली, मनास्लु, डा हर्क पिक, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्णलगायत हिमाल आँखै अगाडि देखिनुले पनि यहाँको महत्व अझै बढाएको छ ।

उहाँका अनुसार सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने लक्ष्यका साथ स्थानीयवासी सक्रिय बनेका छन् । गाउँमा कुल ११५ घरधुरी रहेकामा १८ वटा घरमा घरबास सञ्चालन गरिएको छ । सिउरुङमा स्थानीयवासीकै सक्रियतामा विभिन्न कार्यक्रम गर्नका लागि सामुदायिक भवन निर्माण गरिएको छ । घले लामिछाने भाइखलकबाट रु ६५ लाखको लागतमा भवन निर्माण गरिएको र अन्य पूर्वाधार निर्माणका कामहरू भइरहेका सचिव गुरुङले जानकारी दिनुभयो ।

स्थानीयवासीले यहाँ आउने पर्यटकलाई सामुदायिक भवनमा राखेर स्वागत सत्कार गर्नाका साथै सोरेठी, घाटु, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्यहरू प्रस्तुत गर्ने गरेको स्थानीयवासी एवम् अर्का होमस्टे सञ्चालक सन्तकाशी गुरुङले जानकारी दिनुुभयो । यहाँस्थित होमस्टेमा पाहुनालाई जङ्गली च्याउ, रातो भट्ट, लेकाली गुन्द्रुक, रातो चामलको भात, कोदो तथा मकैका परिकार, स्थानीय आलु, घरमौरी, भिरमौरी, टिम्मुरको अचार, सिल्टिमुरको चिया आदिको स्वाद लिने व्यवस्था मिलाइएको छ । स्थानीयवासीले गाउँमै उत्पादन गरेका खाद्यान्नबाट पर्यटकलाई स्वागत गर्ने गरेका छन् ।

होमस्टे सञ्चालन भएयता दैनिक १०÷१५ जनासम्म विदेशी पर्यटक आइरहने बताउँदै सचिव गुरुङले विदेशी पर्यटकका साथै स्वदेशी पर्यटकको आगमन बढ्दै गएको बताउनुुभयो । “होमस्टे सञ्चालनका लागि गाउँपालिकासँगै तारा गाउँ रिसोर्ट विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लगायत संस्थाबाट स्थानीयलाई तालिम प्रदान गरिएको छ । यस्तै, गाउँमा सङ्ग्रहालय भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु २० लाख सहयोगका साथै होमस्टेमा सामग्री व्यवस्थापनका लागि विभिन्न समान खरिदका लागि रु पाँच लाख सहयोग प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।

होमस्टे सञ्चालक तथा कार्यपालिका सदस्य पारकाशी गुुरुङले सिउरुङ धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको बताउँदै यसको उजागर हुनु जरूरी छ भन्नुभयो । यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न स्थानीयवासी जागरुक भएका र अब राज्यका सबै निकायको साथ र सहयोग आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।

लम्जुुङ सदरमुकाम बेँसीसहरबाट खुदी, तरापु, ढगैं हुँदै सिउरुङ पुग्न करिब २२ किलोमिटर दूरी पार गर्नुपर्छ । यहाँ पुग्न बाटोको भने समस्या छ । बाटोका साथै ठाउँठाउँमा साइनेज पोष्ट, स्थानीय पथप्रदर्शक आदि आवश्यक रहेको उहाँले बताउनुभयो ।

गाउँ हुँदै धार्मिक महत्वको दूधपोखरी गइने भएकाले उक्त स्थानसँग गाउँको पर्यटनलाई जोड्नका लागि तीन चरणसम्म दूधपोखरी महोत्सव गरिसकिएको छ । दूधपोखरी जाने मार्गको थुर्जु फाँटमा गरिएको उक्त महोत्सव पछिल्लो समयमा भने निरन्तरता दिन नसकिएको उहाँले जानकारी दिनुभयो ।

सिउरुङबाट थुर्जु–दूधपोखरी हुँदै कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने पदमार्ग रहेको छ । यस्तै, यहाँबाट कालाघिरिङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा पदमार्ग छन् ।

सिउरुङ गाउँलाई दूधपोखरी, गुुरुङ देउराली हुँदै मनाङको तिमाङलगायत स्थान जोड्ने गुुरुङ सम्पदा पदमार्गसँग जोड्ने गरी नक्साङ्कनसँगै प्रवर्द्धनात्मक कार्यक्रमसमेत अघि बढाइएका गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताउनुभयो । सङ्घले हालै पोखराबाट लम्जुङको सिङ्दी, पसगाउँ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङलगायतका स्थानको अन्वेषणात्मक पदयात्रा सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।

प्राचीन भेडीगोठ, नुनबोक्ने मार्ग आदिलाई पदयात्रा पर्यटसँग जोड्दै पदमार्गमा पर्ने पर्यटकीय गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेटिएको उहाँले बताउनुभयो ।

पदयात्रा पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने उहाँको भनाइ छ । रासस