५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोग सरकारको प्राथमिकतामा: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपद् जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा नेपाल रहेको बताउनु भयो । उहाँले सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । बलिया संस्थाहरुले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रुपान्तरण गर्नसक्ने जिकिर गर्नुभयो । ार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा हामी रहेकोले विपद्को तयारी, जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था छ । यि क्षेत्रमा प्राप्त हुने सहयोगले हामीलाई सुरक्षित भविष्य निर्माणमा मद्दत गर्नेछ । सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र प्रभावकारितामा सेपिएफले जोड दिएको विषयलाई म स्वागत गर्न चाहन्छु । बलिया संस्थाहरुले मात्र विकास लक्ष्यलाई वास्तविक रुपमा रुपान्तरण गर्न सक्छन् । हामी सार्वजनिक वित्त व्यवस्थापन खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न प्रतिवद्ध छौँ ।’

उपप्रधानमन्त्री पौडेलले प्रक्रियागत सरलीकरण गरी आयोजनाहरु समयमै प्रभवाकारी रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।