१ आश्विन २०८३, बिहीबार
,
Latest
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जबज अहिले पनि सान्दर्भिक’



अ+ अ-

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरिएको छ । 

राष्ट्रिय युवा सङ्घले आज चन्द्रागिरि नगरपालिका–११ मा वृक्षरोपण गरेको हो । कार्यक्रममा नेकपाका नेता किरण पौडेलले जननेता भण्डारीले प्रतिपादन गर्र्नुभएको जनताको बहुदलीय जनवाद (जबज) अहिलेपनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । 

“अक्सिजनका लागि बोटविरुवाको जति महत्व छ, त्यस्तै विश्व समाजवादी आन्दोलनमा जननेता भण्डारीको विचारले अक्सिजन प्रवाह गरी उर्जा प्रदान गरेको छ,”उहाँले भन्नुभयो । चन्द्रागिरि –११ का वडा अध्यक्ष हरिभक्त महर्जनले नेपालको समाजवादी आन्दोलनमा जननेताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।  कार्यक्रममा विभिन्न जातका १७५ वृक्ष रोपिएको थियो ।