२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा परराष्ट्रमन्त्रीले उठाइन् फाप्लाको खेलकूद ग्रामको प्रसंग



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँमा आयोजित नेपाल भारत संवाद सम्बन्धी एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलकूद ग्राम निर्माण हुने खेलकुद गाउँका विषयमा कुरा उठाउनुभएको छ ।

उहाँले सो कार्य क्रममा भन्नुभयो “नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो हो र हामीबीच धेरै कुरामा सहकार्य र साझेदारी हुँदै आएको छ । फाप्लामा खेलकूल ग्राम निर्माण गर्नेगरी भएको समझदारीले पनि हाम्रो संयुक्त सहकार्यको उदाहरण पेश गर्दछ । सो समझदारीले पनि हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ ।”

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो खेलकूद ग्रामका लागि भारत सरकारले सहयोग गर्ने भएको हो । यस विषयमा परराष्ट्रमन्त्री डा राणा भारत भ्रमणमा गएका बेला तथा काठमाडौँमा हुने द्विपक्षीय भेटवार्ताहरुमा समेत गरी पटक पटक कुरा उठाउँदै आउनुभएको छ ।

उहाँ भारत भ्रमणमा पुगेका बेला भरतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग पनि उहाँले सो खेलकूद ग्रामका विषयमा कुरा उठाउनुभएको थियो ।




भर्खरै