६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी



अ+ अ-

रौतहट । रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले आज बिहान झाझपुल नजिकै लुकिछिपी बसेका व्यक्तिहरुले रौतहट दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका ३५ वर्षीय कृष्णमणि झालाई लुटपाट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

लुटपाट गर्ने उद्देश्यले झाझपुल नजिक लुकिछिपी बसी रहेका सात÷आठ जना अपरिचित्त व्यक्तिले मोटरसाइकलमा सवार झालार्ई रोकी निजको साथमा रहेको धनमाल लुटी मोटरसाइकलसमेत लैजान लागेको अवस्थामा उनीहरूलाई पक्रेको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न पेसेवर केही लुटेरा भागेको र अहिले तिनीहरूको खोजीकार्य तीव्र गतिमा भइरहेका प्रहरी प्रमुख गिरीले जानकारी दिनुभयो ।

यसअघि पनि सो क्षेत्रमा लेटेरा समूहले धनमाल लुट्ने गरेको तथा स्थानीयलाई दुःख दिने गरेको र आपराधिक गतिविधि बढेको भन्ने सूचनाप्राप्त भएपछि त्यस क्षेत्रमा सुरक्षागस्ती बढाइएको पनि प्रहरीले बताएको छ ।

सो घटनामा पक्राउ परेका दुई लुटेरसँग बयान लिने काम भइरहेको र भागेहरूको खोजी भइरहेको जानकारी दिँदै प्रहरी प्रमुख गिरीले जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।