८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

केयूको दीक्षान्तः एक हजार १२९ दीक्षित हुँदै

केयूको दीक्षान्तः एक हजार १२९ दीक्षित हुँदै
अ अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लाको धुलिखेलमा रहेको काठमाडौँ विश्वद्यिालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ विद्यार्थी दीक्षित हुने भएका छन् ।

शुक्रबार आयोजना हुने दीक्षान्त समारोहको प्रधमनमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा गरिने केयूद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सम्मेलनमा दिइएको जानकारीअनुसार अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बेन्डन जीकारको प्रमुख आतिथ्य र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तको समुपस्थिति कार्यक्रम आयोजना हुनेछ ।

समारोहमा केयूबाट स्कुल अफ आर्टसका एक सय ६३, स्कुल अफ एजुकेसनका एक सय दुई, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका एक सय १०, स्कुल अफ मेडिकल साइन्सेजका छ सय ६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित हुने केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसिएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तरका पाँच सय १३, पिजिडी तहका चार र स्नातक तहका पाँच सय १९ जना दीक्षित हुनेछन् ।

दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत पुरुष र ४९ दशमलव शून्य सात प्रतिशत महिला रहेका छन् । यस्तै दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका गरी एक सय १८ जना रहेका प्रवक्ता पुनले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले केयूको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङअन्तर्गत ‘डक्टर अफ फिलोसफी इन जियोम्याटिक्स् इञ्जिनियसिरङ’मा एक, स्कुल अफ मेनेजमेन्टअन्तर्गत ‘ब्याचलर अफ प्राफेसनल हस्पिटालिटी’मा २० र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत ‘डक्टर अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन’मा एक, ‘एमएससी इन कम्युनिटी हेल्थ नर्सिङ’मा एक, ‘एमएससी इन साइक्र्याटिक नर्सिङ’मा दुई, ‘माष्टर अफ साइकोथेरापी इन मस्कुलोस्केलेटल साइकोथेरापी’ मा पाँच जनालाई उपाधि प्रदान गरिने जानकारी दिनुभयो ।

तीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयूबाट ४७ हजार ८३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये पाँच हजार ६६० विद्यार्थी विदेशी रहेका जनाइएको छ ।

यसैगरी समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई स्वर्णपदक प्रदान गरिने भएको छ । चान्सलर स्वर्णपदकमा स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने दयाराम सिंखडा, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने एजल सुजखू, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदकबाट कृष्णबाबु भट्टराई, रणबहादुर शाह स्वर्णपदकबाट एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट स्नातकोत्तर तह एमएस अर्थोपेडिक्समा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुयश तिमल्सिना, महेशनाथ पराजुली स्वर्णपदकबाट स्कुल अफ एजुकेसनअन्तर्गत दुई वर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने छात्रा युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदकबाट स्नातक तह ९स्कुल अफ मेनेजमेन्ट०मा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखु सम्मानित हुनेछन् ।