२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अधिवेशनः अधिकांशमा चुनाव हुँदै, यी हुन् हालसम्मका सर्वसम्मत अध्यक्षहरु (सूचीसहित)



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया जारी छ । 

केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा भने निर्वाचन हुने भएको छ । 

नेतृत्वको आकांक्षी धेरै भएपछि समहतिको प्रयास विफल भएको हो । अहिलेसम्म २२ जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । ती जिल्लाहरुमा पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।

सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)

प्रदेश १

१. झापा- दीपक कार्की

२. मोरङ- ऋषिकेश पोखरेल

३. खोटाङ– रामप्रसाद दंगाल

४. धनकुटा– इन्द्रमणि पराजुली

 

प्रदेश २

१.सप्तरी- ताराकान्त चौधरी

 

वागमती

१. धादिङ- भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३. भक्तपुर- बचन देउजा

४. रसुवा- कर्णेल तामाङ

 

गण्डकी
१. गोरखा- प्रेम गुरुङ

२. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

 

लुम्बिनी

१. पाल्पा- धनेन्द्रराज घिमिरे

२. गुल्मी- बालकृष्ण काउछा मगर

३. अर्घाखाची- पिताम्बर भुसाल

४. बाँके- किस्मत कुमार कक्षपती

५. बर्दिया- लालबहादुर श्रेष्ठ

६. दाङ- हुकुमबहादुर बस्नेत

७। रुपन्देही- तेजेन्द्र केसी

८. कपिलवस्तु- डम्मर शर्मा ९निर्वाचित०

 
कर्णाली

१. डोल्पा- शेरबहादुर बुढा

२. सल्यान- गोविन्द पुन मगर

 

गैर भौगोलिक जिल्ला

१. मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल