२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्नेगरी स्थगित



अ+ अ-

काठमाडौँ । निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न अनुमति दिने जानकारी दिँदै आसनबाट बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । विपक्षी दलको विरोधपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगन गरेको जानकारी गराउनुभयो ।

“दलहरूबीच सहमतिको प्रयत्न भइरहको र सहमतिका साथ संसद्को कार्यसूचीलाई अघि बढाउनुपर्ने महत्त्वलाई ध्यानमा राखेर शीर्ष नेताले प्रयत्न गरिरहेको भन्नुभएको छ, त्यसैले गर्दा यो बैठक आजै आधा घण्टापछि बस्ने गरी स्थगित हुन्छ,” सभामुख घिमिरेले भन्नुभयो ।

विपक्षी दलले यही जेठ १३ गतेदेखि ‘भिजिट भिसा’ प्रकरणलाई लिएर सदनमा विरोध जनाउँदै आएका छन् । उनीहरूले गृहमन्त्री राजीनामा र निष्पक्ष छानबिन अघि नबढेसम्म सदनमा विरोध कायमै रहने स्पष्ट पारेका छन् ।