१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

ओम्नी समूहले नेपाल टेलिकममा पनि प्रवेश पाएको तथ्य फेला, मासिक अर्बमाथिको व्यापार हत्यायो

ओम्नी समूहले नेपाल टेलिकममा पनि प्रवेश पाएको तथ्य फेला, मासिक अर्बमाथिको व्यापार हत्यायो
अ अ+ अ-

सरकारी निकायको आइटीमा महत्वपूर्ण ठेक्का हत्याउन सफल ओम्नी समूहले नेपाल टेलिकममा पनि प्रवेश पाएको तथ्य फेला परेको छ। लकडाउनको मौका छोपेर टेलिकमले ओम्नी समूह लगायतलाई सुटुक्क मासिक एक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी रिचार्ज कार्डको डिलर दिएको पाइएको हो।   टेलिकमबाट यसअघि रिचार्ज कार्डको डिलरको जिम्मा पाएका ४० भन्दा बढी कम्पनीले सब–डिलर भएर काम गरेपछि मात्र डिलरको जिम्मा पाएका थिए। तर ओम्नीले सब–डिलरको काम नै नगरी बालुवाटारको दबाबमा डिलरको जिम्मा पाएको नेपाल टेलिकम उच्च स्रोतले बतायो।   टेलिकम स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको अनलाइन विद्युतीय भुक्तानी प्रणाली ई–सेवासँग सहकार्य गर्नेगरी ओम्नीले टेलिकमको रिचार्ज कार्डको डिलर पाएको हो। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र रहेका अलीले निरन्तर दबाब दिएर ओम्नीलाई रिचार्ज कार्डको डिलर बनाएका हुन्।  

अहिलेको अवस्थामा रिचार्ज कार्डको डिलर थप्दा राम्रो सन्देश नजाने र अनुभव नै नभएको कम्पनीलाई डिलरको मान्यता दिन नहुने सुझाव टेलिकमका केही उच्च अधिकारीले दिए पनि टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बालुवाटारको दबाब भन्दै ओम्नीलाई मासिक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी टेलिकमको डिलर सुम्पिएको टेलिकम स्रोतको भनाइ छ। यसअघि दुईदेखि तीन वर्षसम्म सब–डिलर भएर टेलिकमको रिचार्ज कार्ड बिक्री–वितरणमा महत्वपूर्ण भूमिका खेलेका कम्पनीलाई मात्र डिलर बनाउने गरिएकोमा त्यसमा कहिल्यै नजोडिएको कम्पनीलाई कोरोना कहरबीच एकैचोटि डिलर दिएकोमा टेलिकमका ती अधिकारीहरू आश्चर्य प्रकट गर्छन्।  

नेपाल दूससञ्चार प्राधिकरणको आइटी ल्याब, निर्वाचन आयोगको प्रिन्टर र पछिल्लो समय स्वास्थ्य सेवा विभागको मेडिकल सामग्री खरिदमा विवादित ओम्नीले त्यही प्रकृतिको लाभ नेपाल टेलिकमबाट समेत पाएको छ। नेपाल टेलिकमको दैनिक १० करोड रुपैयाँभन्दा बढीको रिजार्च कार्ड बिक्री हुँदै आएको छ। ओम्नीले डिलरको अनुमति पाएसँगै टेलिकमको सिमकार्ड र रिचार्ज कार्ड बेच्ने पाउने भएको छ।   नेपाल टेलिकमका प्रवक्ता कृष्णप्रसाद भण्डारीले साउन १ बाट मान्यता पाउनेगरी ओम्नीलगायत केही कम्पनीलाई डिलरको काम दिइएको बताए। रिचार्ज कार्ड र सिमकार्ड बेच्न पाउनेगरी ओम्नीलाई डिलरको काम दिएको बताउँदै उनले अन्य विषय आफूलाई जानकारी नभएको तर्क गरे। ‘टेलिकमले नयाँ डिलर थपेको छ। त्यसमा ओम्नीको समेत नाम छ,’ प्रवक्ता भण्डारीले भने, ‘मेरो जानकारीमा भएको यति हो, अन्य विषय मलाई थाहा छैन।’

स्रोतका अनुसार ओम्नीले डिलर बनाउने उद्देश्यले नै नयाँ डिलर थप गर्ने प्रक्रिया अघि बढाएको हो। त्यही योजनाअनुसार ओम्नीले टेलिकमको रिचार्ज र सिमकार्ड बेच्न डिलर पाएको हो। प्राधनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वार रुममा जडान गरिएको भिडियो कन्फेरेन्सिङ सिस्टम खरिदमा संलग्न भएदेखि प्रधानमन्त्रीका आइटी विज्ञ अलीसँग घनिष्ठ सम्बन्ध बनाएका ओम्नीका तुलहरि भुसालले उनकै आडमा टेलिकमको रिचार्ज कार्डको डिलर बन्ने अवसर प्राप्त गरेका हुन्। प्रधानमन्त्री र मन्त्रीहरूले प्रयोग गर्ने झन्डै १५ सय अमेरिकी डलर पर्ने म्याकबुक एयर (ल्यापटप) ७५ थान किन्ने ठेक्कासमेत ओम्नीले पाएको थियो। प्रधानमन्त्रीको सल्लाहकार समूहसँग कसिलो सम्बन्ध बनाउन सफल ओम्नीले त्यसयताका ठेक्कामा पछाडि फर्केर हेर्नुपर्ने अवस्था आएको छैन। त्यसकै अर्को कडी टेलिकमको डिलर हो। ओम्नीमार्फत ई–सेवाले आफ्नो पहुँच नभएको ठाउँमा पनि व्यापार विस्तार गर्ने रणनीतिका साथ काम भएको स्रोतको भनाइ छ।  

मेडिकल सामग्री खरिदमा सेटिङ गरेर लागत बढाएको संसद्को सार्वजनिक लेखा समितिले निष्कर्ष निकालिसकेको अवस्थामा त्यही कम्पनीलाई टेलिकमको डिलर दिनुले टेलिकमका जिम्मेवार अधिकारीहरूमाथि गम्भीर प्रश्न उठेको सञ्चार मन्त्रालयका एक उच्च अधिकारीको आरोप छ। सिंगो मुलुक कोरोनासँग लडिरहेका बेला मेडिकल सामग्री खरिदको अनियमिततामा मुछिएको ओम्नीलाई नै हतारहतार रिचार्ज कार्डको डिलर दिने कुराले आशंका उत्पन्न गराएको ती अधिकारीको भनाइ छ।  

दूरसञ्चार प्राधिकरणको साढे तीन अर्बमा स्थापना गर्न खोजेको आइटी ल्याब खरिदमा ओम्नीको जेभीलाई मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाएको आरोप लाग्दै आएको छ। ठेक्का गर्दा पछिल्लो पाँच वर्षमा एक अर्ब ८० करोड रुपैयाँ बराबरको सामान आपूर्ति गरेको र दुईवटा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थामा १२ करोड रुपैयाँका चारवटा सम्झौतामा सूचना प्रविधि उपकरण आपूर्ति र जडान गरेको कम्पनी हुनुपर्ने सर्त राखिएको थियो। यो स्पेसिफिकेसन ओम्नीको जेभीले आपूर्ति गर्ने सामानसँग मात्रै मिल्छ। ६ महिनामा स्थापना गरिसक्नेगरी पाएको आइटी ल्याबको ठेक्का एक वर्ष हुन लाग्दासमेत अलपत्र छ।   आइटी ल्याब लगायतको स्पेसिफिकेसनमा चलखेल गरेर ठेक्का हत्याएको ओम्नीले नेपाल टेलिकममा पनि जबर्जस्त उपस्थिति देखाएको छ। नागरिक दैनिक