१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

नेकपा जोगाउन शीर्ष नेताको दौडधुप

नेकपा जोगाउन शीर्ष नेताको दौडधुप
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ । प्रम ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार र पुष्पकमल दाहाल निवास खुमलटारमा जम्मा भई पटक पटक संवाद र वार्ता गर्ने प्रयास गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवास पुगेर पनि नेताहरू समाधानका उपाय खोजिरहेका छन् । ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने दाहाल र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको जारी स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ । बैठक चल्दै गर्दा बीच बीचमै रोक्ने र एकले अर्काप्रति आशंका गर्ने कारणले पार्टी फुटको संघारमा पुग्न सक्ने संकेत देखिएको स्थायी कमिटीका सदस्यले बताएका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताए । स्थायी कमिटीको बैठकले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको निष्कर्ष निकालेको श्रेष्ठले बताए । पार्टीमा देखिएको संकट समाधान गर्ने उद्देश्यले स्थायी शनिबार कमिटीको अर्को बैठक बस्नेछ । त्यसयता अध्यक्षद्वय ओली र दाहालका साथै सचिवालयका नेताहरूका बीचमा छलफल गरेर समाधानको उपाय खोजिने श्रेष्ठले बताए । ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ,’ श्रेष्ठले भने, ‘संकट समाधानका लागि अध्यक्षद्वयका साथै सचिवालय स्तरका नेताका बीच छलफल गर्ने उद्देश्यले शनिबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार स्थायी कमिटीको बैठक ११ बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री ओलीले बालुवाटारमै १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएपछि केही समय स्थायी कमिटी बैठक अवरुद्ध भएको थियो । मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको थियो । तर, श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठक बस्ने र संसद्को अधिवेशन अन्त्य नगर्ने सहमति अध्यक्षद्वयबीच भएको थियो ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार नै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । संसद् अधिवेशन अन्त्यसँगै प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने भन्दै दाहाल पक्ष संशकित देखिएको छ । नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यादेश ल्याउन खोजिएको विषयमा दाहालले ओलीसँग छुट्टै छलफल गरे । तर, ओलीले त्यस्तो अध्यादेश नल्याउने बताए पनि दाहाल विश्वस्त हुन सकेका छैनन् । सोहीबीच जारी स्थायी कमिटी बैठक रोकेर दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।

खुमलटारमा बिहानै पुगे ओली निकटका नेता
पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनुपर्ने माग उठेपछि बिहीबार बिहानै ओली निकटका नेताहरू पार्टीका अर्का अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए । अध्यक्ष दाहालले पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल हुनुपर्ने बताएका थिए । दुवै अध्यक्षबीच सरकारलगायतका विषयमा खुलेर छलफल हुनुपर्ने उनको भनाइ थियो ।

दाहाल, नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने माग गरेपछि नेताहरूबीच भेटघाट, छलफल बाक्लो हुँदै गएको छ । ‘तपार्इंहरूले हामीबाट जे कमी कमजोरी भएको छ, त्यो सबै विषय राख्नुहोला, छलफल गरौं,’ दाहालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘दुवै अध्यक्षका साथै सरकार र पार्टी सञ्चालनलगायतका सबै विषयमा गम्भीर छलफल हुनुपर्छ ।’

पार्टी बैठक नबस्ने, पार्टीको निर्णय तथा सहमति कार्यान्वयन नहुने, विगतका सहमति तोड्ने काम पनि भएको बताउँदै उनले ती सबै विषयमा छलफलको आवश्यकता रहेको आफ्नो निष्कर्ष सुनाए ।नेकपा सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतका नेताहरू दाहाललाई भेट्न खुमलटार पुगेका थिए । यता, छलफलमा दाहालसहित स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री वर्षमान पुन, स्थायी कमिटी सदस्यहरू जनार्दन शर्मा, मातृका यादव, हरिबोल गजुरेललगायतका नेताहरू सहभागी थिए । छलफलका क्रममा उपप्रधानमन्त्री पोखरेलले विगतको सहमति कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताए । ती सहमति कार्यान्वयनका क्रममा आफूहरूले समेत सहयोग गर्ने बताए ।

‘विगतको सहमति कार्यान्वयन गरौं, त्यसमा हामी पनि सहयोग गर्छौं,’ पोखरेलले भने, ‘पार्टी एकता जोगाऔं, एकीकरणका बाँकी काम पनि टुंगो लगाऔं । सहमति कार्यान्वयन गर्दै अगाडि बढन आवश्यक छ ।’ अहिलेको अवस्थामा पार्टीलाई फुटबाट जोगाउनुपर्ने बताउँदै ओली निकटका नेताले जनमत र पार्टी कार्यकर्ताको चाहना पूरा गर्नुपर्ने आग्रह गरेका छन् । अहिले पार्टी गम्भीर स्थितिमा पुगेको बताउँदै उनीहरूले पार्टी नै फुटेको अवस्थामा जनता र कार्यकर्तालाई के जवाफ दिने भन्दै यताउता गर्नु भनेको जनमत र पार्टी कार्यकर्ताको अपमान हुने बताए । पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनुपर्ने माग उठेपछि ओली निकटका नेताहरू दाहाल निवास खुमलटार पुगेका हुन् ।

सरकार ढाल्न पाइँदैन भन्दै सडकमा जुलुस
नेकपा स्थायी कमिटीको बैठक चलिरहेको थियो । प्र्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग बैठकमा उठ्दै गर्दा माइतीघर मण्डलामा केही युवाले सरकार ढाल्न पाइँदैन भन्दै नाराजुलुस गरेका छन् । बैठकमा नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला पार्टी कार्यकर्तासमेत सहभागी युवाहरूले सरकार ढाल्न पाइँदैन । वैदेशिक हस्तक्षेप चाहिँदैन भन्दै नारा जुलुस गरे ।

प्रधानमन्त्री ओलीको फोटोसहित उनीहरूले ‘देशको मुहार फेर्नु छ साथी पार्टीभन्दा राष्ट्रमाथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका छन् । उनीहरूले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । राजधानी दैनिक