८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

माधव नेपालमाथि मुद्दा दायरबारे अध्यक्ष दाहालः प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो

माधव नेपालमाथि मुद्दा दायरबारे अध्यक्ष दाहालः प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँध्नुभएको आरोप लगाउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको बताउनु भयो । मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गर्नुभएको र अदालतले न्याय दिनेमा विश्वस्त रहनुभएको बताउनु भयो । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको बताउनु भयो । कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नुभएको छ । अदालतप्रति माधवजीले नै भरोसा छ, अदालतले न्याय गर्छ र छिटै सफाई पाएर फर्किन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि पक्कै पनि उहाँमाथि अदालतले न्याय गर्छ भन्ने ठान्छु । तर प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ । पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्राधिकार भन्दा बाहिरको कुरा भएकाले ललितानिवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन जे गर्नुछ, क्याबिनेटले नै गरोस् भने चिठी लेखेको मैले आफैँले हेरेको छु । तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत नै निर्णय हो । जे गरेको भएपनि । त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ, सायद अख्तियारले जवाफ देला । यो स्टाब्लिस हुने हो भने हामीले भनेका छौँ, ०६४ देखि नै सबै प्रधानमन्त्री गृहमन्त्रीको छानविन होस् भनेका छौँ । यसो हो भने कोही पनि छानविनको दायराभित्र आउनसक्ने भयो । तर यो नीतिगत र सैद्धान्तिक रुपले ठिक हो की होइन भन्ने बहस गर्न आवश्यक छ ।  ’

अध्यक्ष दाहालले नीतिगत निर्णयमा अख्तियारले छानविन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानविनको दायराभित्र आउने बताउनु भयो । उहाँले नीतिगत र सैद्धान्तिक रुपले ठिक हो की होइन भन्ने बहस गर्न आवश्यक रहेको बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।