१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

अध्यक्षद्वयलाई विवाद सुुल्झाउने जिम्मा

अध्यक्षद्वयलाई विवाद सुुल्झाउने जिम्मा
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना अध्यक्ष छलफल गरी टुङ्गोमा पुर्याएपछि मात्र अर्को बैठक बस्ने जानकारी दिए । छलफलमा अन्य सचिवालयका सदस्यले समेत सहभागी हुनसक्ने छन् ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा कार्यसूचीभन्दा फरक विषयमा बहस हुन थालेपछि पार्टी एकतामा नै असर पर्ने देखिएको हुनाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल गरेर अर्को बैठक शनिबार बस्ने भएको छ । सो अनुुसार शुक्रबार दिनभरि शीर्ष नेताको बीचमा छलफल हुन्छ र त्यसबाट निस्केको निष्कर्षसहित शनिबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरू केशव बडाल र अमृत बोहराले मात्र आफ्नो धारणा राखे ।

असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि परेको निवेदनकै विषयमा बडाल र बोहराले धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि स्थायी कमिटीमा रहेका मन्त्रीहरू त्यसमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको थियो । मन्त्रिपरिषद्को बैठकले ५ बजेदेखि दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको सन्दर्भमा नयाँ कार्यसूचीमा छलफल गर्न खोजिए पनि बैठक अघि नबढेको उहाँले जानकारी दिए । सदनको चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय आइसकेपछि पार्टीका अध्यक्ष प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेलसहित प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीसँग छलफल गरेका थिए । त्यस छलफलमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णयले पार्टीलाई कुनै असर गर्दैन भनी स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, “बिहान दुई अध्यक्षबीच छलफल हुँदा मन्त्रिपरिषद्को बैठक नबस्ने कुरा भएको थियो तर अचानक मन्त्रिपरिषद्को बैठक बोलाएर सदन स्थगित गर्ने निर्णय गरियो ।”

प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि अध्यक्ष प्रचण्डले पार्टीका अन्य शीर्ष नेतासँग पनि छलफल गरेका थिए । सो छलफलपछि उनी राष्ट्रपतिसँग भेट्न शीतल निवास पुगेका थिए । त्यहाँ उनले संसद्को चालू अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने कुरा पनि सुनिएको छ त्यो के हो भनी जिज्ञासा राखेका थिए तर राष्ट्रपति भण्डारीले त्यस्तो केही पनि कुरा नरहेको स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठले बताए । सदन स्थगित गरेर अध्यादेश त ल्याउन खोजेको होइन भनी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पनि जिज्ञासा राखेका थिए । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने कुनै सोच नरहेको प्रतिक्रिया दिएको उनले बताए ।  अध्यक्ष प्रचण्ड शीतल निवासबाट फर्केपछि पुनः स्थायी कमिटीको बैठक बसेको थियो । सो बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भएको कुराकानीबारे जानकारी दिएका थिए । प्रधानमन्त्री ओली कार्य व्यस्तता र जरुरी भेटमा रहेकाले स्थायी कमिटीको बैठकमा उपस्थित नहुनु भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

बिहीबारको बैठकमा बोहरा र बडालले पार्टी एकताप्रति चिन्ता जाहेर गरेका थिए । नेता बडालले प्रधानमन्त्री अ‍ोलीको राजीनामा मागेर समस्या बल्झेको धारणा राखे । अर्को चुनावसम्म अध्यक्ष ओलीलाई प्रधानमन्त्री रहन दिने र चुनावपछि ओली प्रधानमन्त्री नबन्ने अरूलाई नै जिम्मेवारी दिने गरी अगाडि बढ्नुपर्ने आफूले सुझाव दिएको बताउँदै नेता बडालले पार्टीभित्र आ–आफ्नो जिम्मेवारी पूरा नगरेर पनि समस्या बल्झँदै गएको बताए । मङ्सिर ४ गते पार्टीमा भएको निर्णय अनुसार पार्टीको सञ्चालन अध्यक्ष प्रचण्ड र सरकारको सञ्चालन अध्यक्ष ओलीले गर्ने थियो । सदस्यता नवीकरणदेखि लिएर महाधिवेशनको तयारीसम्मको काम गर्नुपर्ने थियो तर अध्यक्ष प्रचण्डले कुनै काम गर्न सक्नु भएन र अहिले आएर सबै दोष अरूको काँधमा थुपारेको कुरा नेता बडालले बैठकमा उठाउनु भएको थियो ।

पार्टी सचिवालयमा नै समस्या रहेको कुरा आफूले बैठकमा राखेको बताउँदै उनले सचिवालयमा छलफल गरेर मात्र बैठकलाई अगाडि बढाउन आफूले सुझाव दिएको पनि बताए । नेता बोहराले एकता खलल नपुग्ने गरी पार्टी सञ्चालन गर्नुपर्ने सुझाव दिए । नेताहरूको बीचमा देखिएको असमझदारीलाई आपसमा बसेर सुल्झाएर अगाडि बढ्नुपर्ने बताउँदै उनले पार्टीको विवादले नेता तथा कार्यकर्तामा निराशा उत्पन्न भएको ध्यानाकर्षण गराए । गोरखापत्र दैनिक