६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा डाँका समूहद्वारा गोली प्रहार गरी एक जनाको हत्या



अ+ अ-

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनमा टोलमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । गोली लागेर अर्का एक जना घाइते भएका छन् ।

सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको गोली हानी हत्या भएको हो । कान्तालालका भाइ रामाकान्त घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।

गएराति १२ बजेतिर टोलमा पसेका लुटेराको समूहले लुटपाट गरेका थिए । ४–५ जनाको डाँका समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गर्दा कान्तलालमाथि धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमा एउटा गोलीको खोखा र तीन वटा गोली पनि बरामद भएको छ ।

दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए ।

त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र ५०/६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् ।