१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो राजनीतिक करियर समाप्त पार्ने ओलीको चाहना हो: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको बताएका छन् ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको दाबि गरे ।

ओली बदलाको भावनाले चलेको बताउदै उनले भने, ‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन । मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो । पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चलिरहनुभएको छ ।’