११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’

नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’
अ अ+ अ-

काठमाडौँ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले ब्रिटिश गोरखा भर्तीमा गएकाहरुलाई एनआरएनको दाँजोमा राख्नु अनुचित हुने बताए ।

उनीहरुले ब्रिटिश गोरखा भर्तीमा गएका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने कुरा सही भएको बताए । बिहीवार समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो ।

छलफलका क्रममा बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले ब्रिटिश सेनामा काम गरी योगदान गरे बापत सम्मानार्थ ब्रिटिश आवासीय भिसा वा अंगीकृत नागरिकता प्राप्त गरे पनि निज र निजका सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता निरन्तरता कायम राख्नुपर्ने बताउनु भयो । उहाँले ब्रिटिश गोरखा भर्तीमा जानेहरु एनआरएन नभएको र जागिरका लागि गएकाले ंशजको आधारमा नै नागरिकता दिनु उचित हुने धारणा राख्नुभयो । पहिलाको नागरिकतालाई निरन्तरता कायम गरियो भने राष्ट्रलाई फाइदा हुने बताउनु भयो । ब्रिटिश गोरखाहरुको हकमा एउटा विशेष निर्णय गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ब्रिटिश सेनामा काम गरी योगदान गरे बापत सम्मानार्थ ब्रिटिश आवासीय भिसा वा अंगीकृत नागरिकता प्राप्त गरे पनि निज र निजका सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता निरन्तरता कायम रहनेछ । यो भनेको नयाँ नागरिकता दिने होइन । यसलाई ब्रिटिश गोरखा जो नेपाली हुन् । तिनीहरु एनआरएन पनि होइनन् । उनीहरु ब्रिटिश गोरखामा सरकारबाट पठाइएर एक किसिमले जबका लागि गएका हुन् । ति व्यक्तिहरुको नागकिरता जो वंशजको नागरिकता हो, त्यसलाई निरन्तरता कायम गरिनुपर्छ । त्यसलाई नयाँ नागरिकता दिनु पर्दैन । पहिलाको नागरिकतालाई निरन्तरता कायम गरियो भने राष्ट्रलाई फाइदा पनि हुन्छ । नेपाली हौँ भन्ने स्वामित्व छ त्यो पनि कायम हुन्छ । ब्रिटिश गोरखाहरुको हकमा एउटा विशेष निर्णय गर्न जरुरी छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद नारायणप्रसाद आचार्यले नागरिकलाई आत्मसम्मान हुने र राष्ट्रको स्वाभिमान तलमाथि नहुने गरी नागरिकता वितरण गर्नुपर्ने बताउनु भयो । झन्झटिलो प्रावधान र तजबिजी अधिकार भन्दा पनि यसलाई कानूनमा नै प्रवन्ध गरेर जानुपर्ने बताउनु भयो । नागरिकता दिने कुरामा व्यवस्थ्ति गरेर सहज बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नागरिकलाई आत्मसम्मान हुने, राष्ट्रको स्वाभिमान तलमाथि नहुने, झन्झटिलो प्रावधान र तजबिजी अधिकार भन्दा पनि यसलाई कानूनमा नै प्रवन्ध गरेर हाम्रो विद्यमान अवस्थामा भएको समस्या के हो ? नागरिकलाई नागरिकता दिन के—के प्रवन्ध गर्नुपर्छ ? कानूनी प्रवन्ध भन्नेकुरा हामी अलिकति बुझेर विश्लेषण गरेर यसलाई व्यवस्थित बनेर आओस् भन्नेकुरा मैले राख्न चाहन्छु ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद डिगबहादुर लिम्बूले ब्रिटिश गोरखाहरुलाई एनआरएन भन्दा पृथक परिभाषा गर्न आग्रह गर्नुभयो । ऐन संशोधनको चरणमा रहेकाले एनआरएन भन्दा फरक परिभाषा गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले ब्रिटिश गोरखामा भर्ती भएकाहरुलाई वंशजको नागरिकता वा आंगिक कुन नागरिकता दिने भन्नेमा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । एनआरएनको परिभाषाभित्र राखेर ब्रिटिश गोरखालाई राख्दा अन्याय हुने जिकिर गर्नुभयो  । ब्रिटिश गोरखाको हकमा छुट्टै व्यवस्था गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ब्रिटिश गोरखाहरुलाई एनआरएन भन्दा पृथक परिभाषा गरौँ । अहिले पनि यो ऐन संशोधन गर्दा यो विषयमा छुट्टै परिभाषा गर्नुपर्छ । सुगौली सन्धीले नेपाली युवाहरु ब्रिटिश गोरखामा भर्ती हुने कुरा छ । नेपाली युवाहरुले विदेशमा गएर कति लडे, कति शाहदत प्राप्त गरे त्यसको रेकर्ड छैन । उनीहरुले काम गरेर बहादुरी देखाउँदा सम्मान पाए । नेपालको पनि शान रह्यो । यो विषयमा सरकारले गम्भीरतापूर्वक लिओस् । एनआरएनको परिभाषाभित्र राखेर ब्रिटिश गोरखालाई राख्दा अन्याय हुन्छ । ब्रिटिश गोरखाको हकमा छुट्टै व्यवस्था गर्नुपर्छ ।’

समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नागरिकताको कुरामा नेपालमा वंशजको हिसावले बाहिर सेनाबाट गएका र अन्य प्रयोजनबाट गएका व्यक्तिहरु, बाध्यतावश नेपाल प्रवेश गरेका मानिसहरु र द्देश्यमुलक ढंगले नेपाल प्रवेश भएका मानिसहरुका कारणले समस्या पारेको बताउनु भयो । गोरखा भर्तीमा बाहिर गइसकेपछि सोही देशको नागरिकता पाएको र अहिले नेपालमा वंशजको आधारमा पाउनुपर्ने कुरालाई गम्भीरताका साथ लिएर छलफल गरी निचोड निकाल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समस्या धेरै जटिल हुँदै गएपछि त्यसलाई व्यवस्थापन गर्नलाई यो विधेयक राम्रो छ । वंशजको हिसावले बाहिर सेनाबाट गएका र अन्य प्रयोजनबाट गएका व्यक्तिहरुको एउटा प्रश्न रह्यो । अर्को कुरा बाध्यतावश नेपाल प्रवेश गरेका मानिसहरुको भयो । उद्देश्यमुलक ढंगले नेपाल प्रवेश भएका कुराहरु भए । यि तीन कुराले गर्दा नागरिकताको समस्याहरु भइरहेको छ । सेनामा संलग्न भइसकेपछि परेदशमा गए, सेवा सम्पन्न गरे, त्यहाँको नागरिकता प्राप्त गर्ने खालको कुराहरु पनि भयो । त्यो प्राप्ति भइसकेपछि अहिलेको अवस्थामा वंशजको हिसावले हामीले पाउनुपर्छ भन्नेकुरा आएको छ । ’

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद दामोदर पौडेलले नागरिकता संवेदनशिल विषय भएको बताउनु भयो । नागरिकता राष्ट्रियताको विषय भएको र राष्ट्रियता बलियो भयो भने राष्ट्र पनि बलियो हुने बताउनु भयो । राष्ट्रियता र राष्ट्र बलियो हुँदा जनता स्वतः बलिया हुने भएकाले एउटालाई न्याय दिँदा अन्यले गलत फाइदा उठाउने गरी न्यायको नजिर बनाउनु नहुने जिकिर गर्नुभयो । नागरिकता दिनेकुरामा जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि र राष्ट्रिसेवक कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता संवेदनशिल विषय हो । राष्ट्रियताको विषय हो यो । राष्ट्रियता बलियो भयो भने राष्ट्र पनि बलियो हुन्छ । राष्ट्रियता र राष्ट्र बलियो हुँदा जनता स्वतः बलिया हुन्छन् । एउटालाई न्याय दिँदा अन्यले गलत फाइदा उठाउने गरी न्यायको नजिर बनाउनु हुँदैन । कसैलाई बाधा फुकाउन गर्ने निर्णयले गलत नजिर बस्छ । नागरिकता दिने सवालमा हामीले जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि र राष्ट्रिसेवक कर्मचारीलाई जिम्मेवार बनाउनुपर्छ, व्यक्तिलाई भन्दा पनि ।’

बैठकमा सांसदहरुले गिरोहका आधारमा नागरिकता दिने र लिनेकुरा भित्रभित्रै हुने गरेको भन्दै त्यसमा कडाइ गरिनुपर्ने माग राखे । सांसदहरुले बनाएको कानूनबाट नेपाली जनताले दुःख पाउनु नहुने बताए ।