११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

आज बिहान उहाँले सात वटै प्रदेश र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसँग विपद् पूर्वतयारीका विषयमा भर्चुअल बैठक गर्दै विगतको जस्तो लापरबाही नगरी सावधानीपूर्वक तयारीमा जुट्न सबैलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले जानाजान लापरबाही गर्नेलाई कारबाहीको चेतावानीसमेत दिनुभयो । गुनासो नआउने गरी काम गर्ने निर्देशन गर्दै उहाँले भन्नुभयो, “यस वर्ष मनसुन बढी हुने पूर्वानुमान भएकाले विपद्बाट क्षति बढी हुनसक्ने आँकलन गरिएअनुसार गम्भीर भएर क्षति कम हुन सचेत भएर लागौँ ।”

विपद् पूर्वसूचना प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्रीलेखकले त्यसका लागि प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले केन्द्रसँगै विपद्लाई मध्यनजर गर्दै प्रदेश र जिल्लामा ‘अप्रेसन डेस्क’ स्थापना गर्न जोड दिनुभयो ।

बैठकमा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्वद् व्यवस्थापनमा सूचना सङ्कलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गर्दै सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नो जोड दिनुभयो ।

उहाँले आमनागरिकले सङ्कटको समयमा सुरक्षा निकायलाई आशाको केन्द्रका रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।

यसैगरी, गृहमन्त्री लेखकले पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै मुलुकभर मनसुन भित्रिने क्रम रहेकाले जनसुनजन्य विपद्बाट जनजीवन प्रभावित हुनसक्ने आँकलन भइरहेकाले पूर्वतयारीलाई तीव्रता दिनुभएको हो ।

मनसुन भित्रने क्रमसँगै विपद् प्रतिकार्यका लागि मन्त्री लेखकले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै काठमाडौँस्थित नेपाल प्रहरी तथा विपद् व्यवस्थापन कार्यालय पुगेर निरीक्षण गरी आवश्यक पूर्वतयारीको बन्दोबस्तीका बारेमा जानकारी लिनुभयो ।

गत वर्षको बाढीबाट जनधनको क्षति ब्यहोरोको मुलुकले यस वर्ष पनि मनसुनजन्य विपद् आउने पूर्वानुमान गरिएसँगै गृह प्रशासन त्यसको प्रतिकार्यमा सशक्त रूपमा अघि बढेको हो । विगत तीन दिनयता गृहमन्त्री लेखकले पूर्वतयारीका विषयमा सरोकार भएका निकायसँग समन्वय बढाउनुका साथै गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सुरक्षा संयन्त्रसँग ‘भर्चुअल’ बैठकबाट विपद् प्रतिकार्यको पूर्वतयारीमा सक्रिय हुन निर्देश गरेको छ ।

गृहमन्त्रालयले विगतको विपद्का घटनालाई सिकाइका रूपमा लिँदै आफूसँग भएका प्राविधिक जनशक्ति तथा उपकरणलाई तयारी अवस्थामा राख्न, स्थानीय र प्रदेश सरकारसँग समन्वय बढाउन आग्रह गरेको छ ।

बुधबार विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन निर्देशन दिनुभयो । उहाँले सीमित स्रोत र साधनका बीच प्रहरी संयन्त्र विपद् प्रतिकार्यमा खटिनुपर्ने बाध्यता रहेको भन्दै मन्त्रालयआवश्यक समन्वय र सहजीकरण गर्न अग्रसर रहेको बताउनुभयो ।

“जुन सुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन”, उहाँले भन्नुभयो, “हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ ।” विपद्को व्यवस्थापन र नागरिकको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी भएको भन्दै चौबिसैँ घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिनुभयो ।

“विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमा उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिले प्रहरी खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बर्खायाममा बाढी, पहिलो र डुवानको बढी जोखिम हुने भएकाले सोको न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो । “मनसुनजन्य विपद्का लागि आजैदेखि तयार हुनुपर्‍यो । समयमा पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । जेठ २८ गतेदेखि मनसुन सक्रिय हुने अनुमान छ”, मन्त्री लेखकले भन्नुभयो ।

तीन दिनयता पूर्वतयारी अवस्थाबारे जानकारी लिन सशस्त्र प्रहरी बलको मुख्यालय पुग्नुभएका गृहमन्त्री लेखकले विपद्को व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै प्रभावकारी तयारीमा लाग्न निर्देशन दिनुभएको थियो । विपद् जोखिम देखिएका ठाउँमा परिचालित भएर सम्भावित घटना हुन नदिन चनाखो हुनुपर्ने उहाँको भनाइ छ ।

मन्त्रीलेखकले सशस्त्र प्रहरी बल नेपाललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न आग्रहल गर्नुभयो । उहाँले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र ९एनइओसी०को एउटा शाखा राख्नुपर्ने बताउनुभयो । “त्यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्‍यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा शीघ्र काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

मनसुनजन्य विपद्का खतरा देखिएका ठाउँमा रातिको समयमा सवारीसधान सञ्चालन रोक लगाउनुपर्ने मन्त्री लेखकले बताउनुभयो । “कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, विगतमा भएका हाम्रा कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने जरुरी छ”, उहाँले भन्नुभयो ।

भर्चुअल बैठकमा सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिले आ–आफ्नो क्षेत्रमा भएका तयारीका बारेमा जानकारी दिनुभएको थियो । त्यसैगरी मङ्गलबार नेपाल प्रहरी प्रधान कार्यालय पुगेर विपद् पूर्वतयारीबारे जानकारी लिनुभएका मन्त्रीलेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढङ्गबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

विपद् व्यवस्थापनमा स्थानीय तह तथा सरोकार भएका निकाय, नेपाली सेना, सशस्त्र प्रहरी बल र प्रदेश सरकारलगायत निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्नेगरी कार्य गर्न उहाँले निर्देशन दिनुभयो । सो अवसरमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास प्रदर्शन गर्नुका साथै विपद् उद्धार सामग्रीको अवलोकन गरिएको थियो ।

यसैबीच, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको यही जेठ १४ गते बसेको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ पारित गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठक कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको बैठकले यसअघि यस वर्षको मनसुनको पूर्वानुमान, विपद्बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक सम्पर्क विवरण, सामग्रीको मौज्दात तथा दक्ष जनशक्तिको विवरण समेटिएको उक्त कार्ययोजना पारित गरेको हो ।

विपद् प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकार भएका मन्त्रालय र विभागका प्रतिनिधिको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट मुलुकभर चाल लाख ५७ हजार परिवारका १९ लाखभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

गृहमन्त्री लेखकले सातै वटै प्रदेशमा रहेका आपतकालीन गोदामघरलाई विपद् प्रतिकार्यमा सहज बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले हालसम्म चार वटा प्रदेशमा उद्धार तथा सहायता सामग्रीसहितको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुभएको छ । मनसुन, भूकम्पलगायत विपद्का जोखिमबाट नागरिकलाई बचाउन गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको हो ।

यसअघि गोदामघर सञ्चालनमा झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै मन्त्री लेखकले प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी स्थानीय तहलाई पनि पालिका तहसम्म आपतकालीन गोदामघर सञ्चालनका लागि उहाँले आग्रह गर्दै आउनुभएको छ । “गोदामघरका लागि छुट्टै बजेट र घर चाहिन्छ भन्ने छैन्”, लेखकले भन्नुभयो, “पालिकाको एउटा कोठामा गोदामघर सञ्चालन गर्न सकिन्छ ।” रासस