१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमी ढकाल भन्नुहुन्छः ताेकिएकै मितिमा महासंघकाे चुनाव हुन्छ, राेक्नुपर्ने कारण छैन



अ+ अ-

काठमाडाैंः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताउनुभएको छ । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताउनुभयो ।

शुक्रबार चन्द्रागिरी हिल्सको अवस्थाका बारेमा जानकारी दिन चन्द्रागिरी पुग्नुभएका उपाध्यक्ष ढकालले पत्रकारहरुसँग कुरा गर्दै तोकिएको मितिमै महाधिवेशन गर्ने गरी नै महासंघका कार्यक्रमहरु अगाडि बढेको बताउनुभयो ।

महाधिवेशनका लागि काठमाडौंमा आउनुपर्ने १ सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्व लगायत गरी करिब ४ सयको संख्यामा हुने र सामाजिक दुरी कायम गरी तोकिएकै दिन महाधिवेशन हुने विश्वास आफुले गरेको बताउनुभयो । त्यसका लागि सरकारसँग समेत सहयोगको अपेक्षा महासंघले गरेको उपाध्यक्ष ढकालले बताउनुभयो ।

उहाँले लकडाउन भन्दा पहिला चुनावी क्रियाकलापहरु बढी रहेको र अहिले पनि सहमतिमा चुनावमा सहभागिता जनाउन सकिने ठाउँ रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएका ढकालले चुनावलाई केन्द्रीत गरेर कुनै गुटगत राजनीति नगरेको समेत स्पस्ट पार्नुभयो ।

उपाध्यक्ष ढकालले स्वास्थ्य सुरक्षाका पोर्टोकलहरुलाई कार्यान्वयन गरी व्यवसायिक क्षेत्र खोल्न सरकारले वातावरण बनाउनुपर्ने माग महासंघले राख्दै आएको बताउनुभयो । उहाँले सबै क्षेत्रका उद्योग व्यवसायलाई ५० प्रतिशतको क्षमतामा चलाउने गरी पोर्टोकल तयार गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले पर्यटकीय स्थल मात्र नभएर होटल व्यवसाय, एयरलाइन्स लगायतका क्षेत्रलाई पनि सुरक्षित रपमा सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो ।

सरकारले असार १ गतेदेखि आंशिक रुपमा व्यवसाय गर्ने वातावरण बनाएको तर व्यवसायका क्रियाकलापहरु प्रभावित भएकाले अझै व्यवस्थित पोर्टोकल तयार गरी सबै क्षेत्रलाई खोल्नुपर्ने बताउनुभयो । कुनै एक क्षेत्रमात्रै खोल्दा अर्थतन्त्र चलायमान हुन नसक्ने भएकाले पर्यटकीय क्षेत्र मात्रै नभई होटल तथा एयरलायन्सलाई समेत खोल्नुपर्ने उहाँको जोड थियो ।