८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा

‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा
अ अ+ अ-

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आईतवार माईतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका हुन् ।

सातवटै प्रदेशले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने प्रावधान ल्याउन लागेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् ।

आजसम्म आफ्ना मागहरु सम्बोधन नभए सोमवारदेखि  देशव्यापी रूपमा अनिश्चितकालका लागि सवारीसाधनहरू घर ग्यारेजमा थन्काउने उनीहरुको चेतावनी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजी सवारी साधनलाई सातवटै प्रदेशले राइड सेयरिङमार्फत सेवा दिने निर्णय गर्न लागेको कारण आफूहरु सडकमा आउनुपरेको बताउनु भयो । उहाँले प्रदेश सरकारहरुले सार्वजनिक सवारी साधनहरु सकिने गरी ऐन निर्माण गर्न लागेकै कारण सडक आन्दोलन गर्नुपरेको उहाँको जिकिर छ । अध्यक्ष स्वाँरले सरकारले आजको दिनभित्र आफ्ना मागहरु पुरा नगरे सोमवारदेखि सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा हाल्ने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निजी सवारी साधनलाई सातवटै प्रदेशले एपमार्फत सेवा दिने भन्यो । यो भएको हुँदा हाम्रा सार्वजनिक सवारी साधनहरु सबै सकिने अवस्था आएको हुनाले हामी सडकमा आउनुपरेको हो । आजको सभापछि हामी सडकभन्दा बाहिर निस्कन्छौँ । हामी सरकारले सुनेन भने भोलिदेखि सवारी साधनलाई घर ग्यारेजमा राख्न बाध्य हुनेछौँ । यसमा सर्वसाधारण यात्रीहरुमा परेको असुविधाको जिम्मा सरकारले लिनुपर्छ । सरकारले छिटो यातायात व्यवसायीको माग पुरा गरेर लोकतन्त्रको इज्जत राख्नुपर्छ ।’

आफूहरुको आन्दोलनको कारण सर्वसाधारणमा पर्ने असुविधाको जिम्म समेत सरकारले लिनुपर्ने उहाँको भनाइ छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले राइड सेयरिङको निजी सवारी साधनलाई प्रयोजनविपरित कार्य गर्नको लागि गण्डकी सरकारले ल्याएको नियमावलीको विरुद्ध सडकमा आउनु परेको बताउनु भयो । उहाँले सरकारले सार्वजनिक यातायातको सुदृढिकरणको सट्टा निजी सवारीलाई समेत यात्रु ओसार्न अनुमति दिने व्यवस्था आपत्तिजनक रहेको बताउनु भयो । महासचिव बानियाले संघसंस्था खारेजी एवं संघ संस्थामा रहेका चल÷अचल सम्पतीलाई नेपाल सरकारको मातहतमा ल्याउने सरकारको नियर्ण सर्वोच्चले उल्ट्याएको १४ महिनासम्म पनि कार्यान्वयन नभएको भन्दै उक्त सर्वोच्चको आदेशको कार्यान्वयन गर्न समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राइड सेयरिङको नाममा चारचक्के प्राइवेट गाडीलाई र दुईचक्के मोटरसाइकलाई पनि भाडाको सवारीजस्तै प्रयोजन विपरित कार्य गर्नको लागि गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको खारेजीको लागि हामी सडकमा आएका हौँ । २०८१ साल चैत्र २० गते संघसंस्था खारेजी एवं संघसंस्थामा रहेका चल अचल सम्पतीलाई नेपाल सरकारको मातहतमा ल्याउने जुन ओली सरकारको नियर्णविरुद्ध सम्मानित सवोच्च अदालतबाट आदेश भएको १४ महिना भइसक्दा पनि नेपाल सरकारले त्यो कार्यान्वयन नगरेको हुनाले पनि हामी सडकमा आउनुपरेको हो ।’

व्यवसायीको आन्दोलनको कारण राजधानीका सडकमा अवरुद्ध भएको कारण यात्रीले सास्ति खेप्नुपरेको छ ।