२७ जेष्ठ २०८३, बुधबार
,
Latest
कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी



अ+ अ-

काठमाडौं। काठमाडौंको दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुने गरी नारायणहिटी दरबार संग्रहालय आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल हलसम्म र महेन्द्र सालिक हुँदै पुनः संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३क) अनुसार राष्ट्रिय सुरक्षा समितिको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो। राजावादी समूहले भोलि दरबारमार्गमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा संवेदनशीलता बढ्दै गएको थियो।