८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन
अ अ+ अ-

खोटाङ। खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ ।

सङ्घीय सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाखमा चार वर्ष लगाएर निर्माण गरिएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड ५० लाख, आव २०७७/७८ मा रु एक करोड, आव २०७८/७९ मा रु एक करोड र आव २०८०/८१ मा रु एक करोड उपलब्ध गराएको थियो । मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको भवन विद्यालयको ७७औँ स्थापना दिवस तथा ७६औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार संविधानसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गरेका छन्।

आव २०७६/७७ देखि क्रमागत योजनाको रूपमा शौचालयसहित विद्यालयको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सुरु गरिएको थियो । प्रशासनिक भवनसँगै दुईतलमा सात कोठे छात्रावास भवन निर्माण अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक कुमार पराजुलीले जानकारी दिए।

विद्यालय स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रशासनिक भवन उद्घाटनसँगै नृत्य र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । पालिकास्तरीय नृत्य प्रतियोगितामा भानु मावि लिच्कीराम्चे प्रथम, भगवती दिनानाथ मावि दोस्रो र विणा मावि लिकुवापोखरीले तेस्रो स्थान प्राप्त गरेको छ ।

आधारभूत तहस्तरीय हाजिरीजवाफमा सिद्ध आधारभूत आवि प्रथम, भगवती दिनानाथ मावि दोस्रो र कृष्ण मावि बर्रे तेस्रो भएका छन् । नृत्यतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु नौ हजार, रु सात हजार २०० र रु छ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

हाजिरीजवाफमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः रु तीन हजार, रु एक हजार ८०० र रु एक हजार २०० प्रदान गरिएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यपक पराजुलीले विद्यालयको गत आवको वार्षिक प्रतिवेदन प्रस्तुत  गरेका छन् ।

चालु आवको हालसम्म रु चार करोड पाँच लाख १० हजार आय र रु तीन करोड ८९ लाख ९८ हजार व्याय भएको प्रधानाध्यपक पराजुलीले जानकारी दिए । उनका अनुसार आय व्याय अनुसार विद्यालयसँग रु १५ लाख ११ हजार मौज्दात रकम छ ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारमा सञ्चालित भगवती दिनानाथ माविमा प्राविधिक शिक्षासमेत अध्ययन/अध्यापन हुँदै आएको छ । कार्यक्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । विसं २००६ जेठ १५ गते स्थापना गरिएको यस विद्यालयमा हाल पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् । रासस