५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ बजेसम्म एमाले, त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति



अ+ अ-

काठमाडौं। भोलि गणतन्त्र दिवसका दिन राजावादीले गर्ने प्रदर्शनका लागि प्रशासनले दिउँसो २:३० बजेपछि मात्र रत्नपार्क प्रवेशको अनुमति दिएको छ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो। एमालेले बिहान ११ बजे भृकुटीमण्डपमा गणतन्त्र उत्सवको कार्यक्रम राखेकाले त्यसपछि मात्र राप्रपा लगायतका समूहलाई प्रदर्शनको अनुमति दिइएको प्रशासनले जनाएको छ।

सरकारी कार्यक्रम टुँडिखेलमा १२ बजेभित्र सकिने र एमालेको कार्यक्रम २ बजेभित्र सकिने भएकाले त्यसपछि मात्र प्रदर्शन गर्न पाउने प्रशासनको स्पष्ट निर्देशन छ। निर्धारित समयअघि कुनै कार्यक्रम गर्न नपाइने प्रशासनको भनाइ छ।