काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ११ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा २२४ जना संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।