२१ मंसिर २०८२, आईतवार
,
Latest
१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी आज चीन भ्रमणमा जाँदै, उच्चस्तरीय भेटवार्ता हुने



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लाग्नुभएको हो ।

भ्रमणमा क्रममा पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणमा टोलीमा १५ सदस्य रहने छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि टोलीमा हुनुहुन्छ ।

भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जान लाग्नुभएको हो ।

चिनियाँ सरकार, सीपीसीको निमन्त्रणमा पूर्वराष्ट्रपति चीन जान लाग्नु भएको हो । भ्रमणमा उच्चस्तरीय भेटघाट हुने उहाँको सचिवालयले जनाएको छ । त्यस क्रममा दुई देशको सम्बन्धबारे छलफल हुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँग हुने भण्डारीको भेटवार्तामा एमालेसँग सम्बन्ध विस्तारबारे कुराकानी हुनेछ । पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन नेता तथा कार्यकर्ताबीच तीव्र भेटघाट गरिरहनुभएको छ । उहाँ भदौमा चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो ।

भण्डारीको भ्रमण टोलीमा को को ?

१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले

२. दामोदर भण्डारी, मन्त्री– उद्योग, बाणिज्य तथा आपुर्ति

३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले

४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले

५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य

६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रशारण (पिएसबी)

१०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल

१२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन

१३. मधु शाही, क्याप्टेन, नेपाली सेना

१४. सरस्वती जिरेल, निजी सुरक्षा