२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न सकेछैन– प्रदेश प्रमुख गुरुङ



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न नसकेको बताउनु भएको छ । 

आईतबार गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिनु भयो । सरकार चलाउन मात्रै दलका नेताहरु केन्द्रित हुँदा खेलकुद क्षेत्रको विकासमा उनीहरुको दृष्टिकोण पुग्न नसकेको उहाँको भनाई थियो । प्रमुख गुरुङले भन्नु भयो, ‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिनेकाम राज्यले दिनुपर्छ । खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवद्र्धन हुन सक्छ । कर्पोरेटको व्यवसायिक प्रवद्र्धन भएको छ । कर्पोरेट समूहको लगानीले खेलकुदमा टेवा पुगेको छ ।’

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गर्नु भयो । हिजो फुटबल मात्रै खेलकुद भन्ने भान भएपनि अहिले खेलकुद व्यापक भएको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय क्षेत्रमा स्पोर्टसम्यानसिप देखाउन सक्यो भने आर्थिक रुपमा बलियो बन्न सकिने पनि प्रदेश प्रमुख गुरुङले बताउनु भयो ।

अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।