५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छः कृषिमन्त्री अधिकारी



अ+ अ-

पाटन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ भन्ने बताउनुभएको छ ।

खाद्यका लागि कृषि अभियानले २०८२ गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म भएको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उहाँले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने र खाद्यका लागि जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नका लागि प्राप्त सुझावअनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ,“धेरै विषादी प्रयोग न्यूनीकरण आवश्यक छ, भावी सन्ततिका बारेमा पनि चिन्ता गर्नुपर्ने हुन्छ, रासायनिक मलका साथै हामीले प्राङ्गरिक मललाई पनि जोड दिनुपर्छ, प्राङ्गारिक मललाई बढवा दिएर रासायनिक मललाई निरुत्साहित गर्दा सफल हुन सकिन्छ । ”

उहाँले जैविक कृषिले सबै नेपालीलाई आत्मनिर्भर बनाउने कार्यमा सबै मिलेर लागौँ भन्ने धारणा राख्नुभयो । “रासायनिक मल पर्याप्त दिन सकेन भनेर सरकारको आलोचना हुन्छ, अनि फेरि जैविक खेतीका लागि प्राङ्गारिक मलको पनि कुरा हुन्छ, यसमा जोड दिऔँ न, खाद्य स्वच्छताका लागि जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले सिङ्गै नेपालीलाई आत्मनिर्भर बनाउने गरी उत्पादन र त्यसको उपलब्धि हेरेर १५ देखि ८५ प्रतिशतसम्म अनुदान दिने काम सरकारी तहबाट भएको बताउनुभयो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले जागरण यात्रा कार्य महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले केमिकलयुक्त रासायनिक मलभन्दा अर्गानिक मलका लागि जोड दिँदै कृषि प्रणाली र खेतीपातीका विषयमा विद्यालय तहको शिक्षालाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जैविक कृषिको सामूहिक दृष्टिकोण र सङ्क्रमणकालीन योजना आवश्यक रहेको बताउनुभयो । “माटोमा कृत्रिम रसायन घटाउने र प्राङ्गारिक पदार्थ बढाउने नीति चाहिन्छ, उत्पादकदेखि उपभोक्तासम्म सचेतना जगाउनु आवश्यक छ, मिश्रित खेती प्रवद्र्धन गर्नुपर्छ, एकल बाली निरुत्साहित गर्नुपर्छ, एग्रोभेटहरूको नियमित अनुगमन र नियमन आवश्यक छ”, उहाँले भन्नुभयो ।

संयोजक अधिकारीले जैविक कृषि विषयलाई विद्यालय केन्द्रित बनाएर जागरण अभियान चलाउनु प्रभावकारी हुने जनाउँदै प्राविधिकलाई नियमित रुपमा जैविक कृषिबारे प्रशिक्षण दिनुपर्ने, नेपालमा पर्याप्त उत्पादन हुनसक्ने कृषिउपजको आयात बन्द गर्नुपर्ने, युवालाई कृषि क्षेत्रमा फर्काउनु पर्ने र रैथाने बालीको प्रवद्र्धन अपरिहार्य छ भन्ने जागरण यात्राको सन्देश रहेको बताउनुभयो ।

अभियानकर्मी एवं जैविक कृषि जागरण यात्राका सदस्य दीपेश नेपालले नेपालको कोशी, मधेस र बागमती प्रदेशका २४ जिल्लामा पुगेर नागरिक समाज, किसान तथा सरोकारवालासँग भेट गरिएको छलफल, अध्ययनका आधारमा प्रकृतिसँग मिल्दोजुल्दो जैविक खेतीमा मात्रै नेपालको भविष्य छ भन्ने सन्देश पाएको बताउनुभयो । उहाँले यात्राका क्रममा एक हजार ९५८ जनासँग प्रत्यक्ष सम्पर्क गरिएको उहाँले जानकारी गराउनुभयो ।




भर्खरै