२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पूर्वानुमानलाई प्रत्येक मान्छेसमक्ष पुर्याउनु आजको आवश्यकताः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक मान्छेसमक्ष पु¥याउनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधवार काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको बताउनु भयो । उहाँले ठूलो सङ्ख्यामा काम गर्ने मान्छेहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताउनु भयो । मन्त्री खड्काले मौसम पूर्वानुमानबारे जानकारी समयमा भएको खण्डमा मानिसहरू सुरक्षित ठाउँमा जाने र बेलैमा सचेत हुन पाइने परिस्थिति निर्माण हुने जिकिर गर्नुभयो । उहाँले यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न विभागलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “साथीहरूलाई थाहा छ, ठूला ठूला हाइड्रोपावरहरू बन्या छ । सिंंचाईको पनि आयोजनाहरू हुन्छन् । दुवै खोलामा हुन्छन्, ठूलो सङ्ख्यामा त्यही मान्छेहरू काम गर्नुहुन्छ । अकस्मात, कति खेर पानी परेर सबै बगाउँछ । थाहा हुँदैन, दिनभर घाम लागिरहेको हुन्छ । त्यसको अनुमान भइदियो भने पहिले नै मान्छेहरू सुरक्षित ठाउँमा जाने, बचाउन सक्ने कुराहरू जति बचाउने, सम्भव भएसम्म बेलैमा सचेत हुन पाइने । यो प्रविधिको विकास प्रत्येक मान्छेसमक्ष पु¥याउनु आजको आवश्यकता हो । यस वर्ष कम्तीमा प्रत्येक वडाका जनप्रतिनिधिहरूसँग कुन प्रविधि प्रयोग गरेर हुन्छ, जोड्ने गरी काम गर्नुहोला ।”

उहाँले मौसमसम्बन्धी जानकारीका विषयवस्तुलाई विद्यालय स्तरदेखि पुस्तक वा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।




भर्खरै