२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान



अ+ अ-

रामेछाप। रामेछापको मन्थली नगरपालिका-८ गाइखुराका माझी समुदायका स्थानीयले नदी कटान गर्न हप्तौँदेखि श्रमदान गरिरहेका छन् ।

गत असोज १२ गते आएको बाढीका कारण आफ्नो बस्ती नजिकको तटबन्धन तामाकोशी नदीले बागाएपछि उक्त तटबन्धन पुनः निर्माण गर्न माझी समुदायका स्थानीयले श्रमदान गरी बस्ती संरक्षणमा जुटेका हुन् ।

बाढीले बस्तीमा क्षति पुर्‍याएको बताउँदै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइएको रु पाँच लाखबाट करिब १५ मिटर जाली भर्ने खेलमैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काममा सकिएको स्थानीय बालकृष्ण माझीले जानकारी दिनुभयो । अझै तटबन्धनको काम गर्नुपर्ने भएकाले आफूहरूले एक हप्तासम्म श्रमदान गरी करिब एक सय मिटर लम्बाइको तटबन्धनका लागि ढुङ्गा बोक्ने र मिलाउने काम गरिएको उहाँले बताउनुभयो ।

श्रमदानपछिको गरिएका तटबन्धनका कारण समुदायका ८५ घरधुरीसहित बस्ती, नजिकै रहेको पक्की सडक, मन्दिर र खेलमैदान जोगिने स्थानीय विशाल माझीले बताउनुभयो ।

नजिकिँदै गएको बर्सातलाई मध्यनजर गर्दै उक्त काम गरिएको उहाँको भनाइ छ । सकारात्मक कामका लागि राज्यको भर पर्नु नपर्ने भन्दै समुदायको सक्रियतामा भएका यस्ता कामले सकारात्मक सन्देश दिने धारणा राख्नुभयो । रासस