२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २६ जना पाँच दिनका लागि थप हिरासतमा



अ+ अ-

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष र ‘संयुक्त जनआन्दोलन समिति’का सदस्य सचिव रवीन्द्र मिश्र तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २६ जनालाई अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुईजनाको ज्यान गएको थियो भने सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। सोही घटनासँग सम्बन्धित आरोपमा मिश्रलाई घटनाको राति नै पक्राउ गरिएको थियो। उनी ४६ दिनदेखि प्रहरी हिरासतमा छन्।

प्रसाईं भने केही समयपछि भारतबाट फर्किएर नेपाल आएपछि चैत २९ गते पक्राउ परेका थिए। उक्त प्रदर्शनमा राप्रपा र संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएका थिए। यद्यपि, हालसम्म मिश्रविरुद्ध राज्यविरुद्धको अपराध, संगठित आपराधिक क्रियाकलाप र दंगा उक्साएको आरोपमा अनुसन्धान भइरहेको छ।

यसैक्रममा, मिश्रकी पत्नी सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी छन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ भने सो रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ।

मिश्रको रिहाइको माग गर्दै राप्रपाले विभिन्न विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस्तै, ललितपुरको जावलाखेलमा १२ दिनदेखि रिले अनसन पनि जारी छ।




भर्खरै