१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कजाकिस्तान : १६० भन्दा बढीको मृत्यु, पाँच हजार पक्राउ



अ+ अ-

अल्माटी । गत साता मध्य एसियाको सबैभन्दा ठूलो देश कजाकिस्तानमा भड्किएको दङ्गापछि १६० भन्दा बढीको मृत्यु भएको छ भने भने पाँच हजार पक्राउ परेका छन् ।

स्थानीय सञ्चारमाध्यमले आइतबार आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक अनुमानमा घातक हिंसापछि करिब १७ करोण् ५० लाख युरो बराबरको सम्पत्ति क्षति भएको बताएक छन् ।

मन्त्रालयका अनुसार एक सयभन्दा बढी व्यवसाय तथा बैंकमा आक्रमण र लुटपाट भएको र करिब ४०० सवारी साधन नष्ट भएको छ।

रुसको स्पुतनिक समाचार एजेन्सीले आइतबार स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हिंसात्मक झडपमा दुई बालबालिकासहित १६४ जनाको मृत्यु भएको जनाएको छ ।

सबैभन्दा खराब हिंसा भड्किएको कजाकस्तानको मुख्य सहर अल्माटीमा १०३ जनाको ज्यान गएको छ । 

“आज देशका सबै क्षेत्रको अवस्था स्थिर छ”, आन्तरिक मामिला मन्त्री एर्लान तुर्गुम्बेभले भने, “देशमा सुव्यवस्था पुनःस्थापित गर्ने प्रयासमा आतङ्कवाद विरोधी अभियान जारी छ ।”

अल जजिराका रोबिन फोरेस्टियर–वाकरले जर्जियाको राजधानी टिबिलिसीबाट रिपोर्टिङ गर्दै मृतकको सङ्ख्या बढ्न सक्ने बताए। “हामीले लडाइँ, हिंसा र गोलीबारीको मापनका आधारमा शव गणना बढ्ने अनुमान गरेका छौँ, भारी मेसिन गन फायर र विस्फोटहरू  जनवरी ५ र ६ मा घण्टौँसम्म चलेको छ”, उनले भने ।