२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको छः मुख्यमन्त्री कँडेल



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

आजदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा उहाँले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक प्रभाव परिरहेको बताउनुभयो ।

उहाँले आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । “हामी आन्तरिक सुधारमा केन्द्रीत भएर लागिरहेका छौँ । बजेट कार्यान्वयनमा सुधार ल्याउने गरी छलफल भइरहेको छ । अझै केही महिना बाँकी रहेकाले यसमा ध्यान दिनुपर्ने आवश्यकता छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा थप सुधार आउने गरी काम गर्छौं”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री कँडेलले हाल योजना बैङ्कमा आधारित रहेर योजना छनोट भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जसरी अहिले हामीले काम गरिरहेका छौँ, त्यसले आगामी बजेटमा सुधार गर्नेछ । विविध समस्याका बाबजुद सकारात्मक सन्देश दिनेगरी काम गरिरहेका छौँ । नकारात्मक कुराबाट बँच्नका लागि सबैले जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता छ ।