२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुशीको खबर ! बेलायत र चीनमा बन्यो कोरोनाको खोप



अ+ अ-

काठमााडौँ । महामारीका रूपमा विश्वभर फैलिएकाे कोरोना भाइरसविरुद्ध बेलायतकाे अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप निकै सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको साेमबार साँझ बिबिसीले जनाएको छ  । यो खोप ११ हजार ७७ जना व्यक्तिमा परीक्षण गरिएको थियो र दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ ।

यद्यपी यस खाेपकाे अन्तिम परीक्षण बाँकी नै रहेकाे छ ।

बेलायतले दश कराेड डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ । यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो । यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ । 

दोस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागीमध्ये ९० प्रतिशतलाई पहिलो डोजले नै एन्टिबडी विकास गरेको छ भने १० प्रतिशतलाई दुई डोज दिनुपरेको जनाइएको छ । सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाव नभएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।

तेस्रो तथा अन्तिम चरणको ट्रायलमा बेलायतमा १० हजार व्यक्तिलाई, अमेरिकामा ३० हजार व्यक्तिलाई, दक्षिण अफ्रिकामा २ हजार व्यक्तिलाई र ब्राजिलमा ५ हजार व्यक्तिलाई समाबेश गरिने विश्वविद्यालयले बताएको छ । यो वर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम वर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को वर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकको दावी छ  । 

यसैगरी प्राप्त अर्काे एक समाचारमा कोरोनाभाइरसको खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका हुन् । 

मानवको लागि सुरक्षित साबित भएका ती दुबै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीहरुमा कडा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दावी रहेको छ ।  बेलायतका एक हजारभन्दा बढी वयस्कहरूमध्येको पहिलो परीक्षणले पत्ता लगायो कि खोपले नोबेल कोरोनाभाइरसको बिरूद्ध ‘कडा एन्टीबडी र टी सेल प्रतिरक्षा प्रतिक्रिया’ देखाएको थियो ।

खोपको प्रयोगले श्वेत रक्तकोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ । जसका कारण महामारीविरूद्धको विश्वव्यापी लडाईंमा ठूलो आशा पलाएको छ । यद्यपि अनुसन्धानलाई थप ठूलो समूहमा परीक्षण जारी राखिएको र यसको रिपोर्ट आउन अझै केही समय कुर्नुपर्नेछ ।

बेलायतमा विकसित खोपको सफलतासँगै बेलायत सरकारले अक्सफाेर्डबाट १० करोड डाेज खाेप माग गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ । त्यस्तै चीनमा ५०० भन्दा बढी मानिसहरुमा गरिएको एक अलग परीक्षणमा पनि अत्यधिक व्यक्तिमा व्यापक रोगप्रतिरोधी प्रतिक्रिया विकसित गरेको देखिएको छ । यसबारे ‘द लान्सेट नामक मेडिकल जर्नल’ (अनुसन्धानमुलक पत्रिका) मा प्रकाशित अध्ययन प्रतिवेदनमा ती दुबै खोपहरू कोभिड–१९ विरूद्ध व्यापक प्रयोगका लागि उपयोगी, प्रभाबकारी तथा सुरक्षित देखिएको बताइएको हो ।

अनुसन्धानमा सहभागी अध्ययनका लेखकहरूले भने कि तिनीहरूले खोप उम्मेदवारहरूबाट केही प्रतिकूल (साइड इफेक्ट) को सामना गरे । उनीहरूले विशेष गरी वयस्कहरूमा अझ बढी अनुसन्धान आवश्यक रहेको बताएका छन् । बयस्कहरू, जो असान्दर्भिक रूपमा कोभिड–१९ का कारण मृत्यको जोखिममा रहन्छन, उनीहरूमाथिको थप परीक्षण आवश्यक छ ।

 अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धान प्रतिवेदनका सह–लेखक सारा गिलबर्टले नतिजाले ‘निकै आशावादी’ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि हाम्रो खोप प्रभावकारी छ भने यो आशाजनक विकल्प हो किनकि यस किसिमका खोपहरू ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ ।”