२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाटभटेनी सुपरमार्केटबाट चोरी गर्ने एक जना पक्राउ



अ+ अ-

काठमाडौं। काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट दुई लाख १७ हजार रुपैयाँ बराबरका सामान चोरी गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन्, जो हाल भक्तपुरमा बस्दै आएका थिए। उनी सोमबार ग्रोसरी सेक्सनबाट चोरी गरी फरार भएका थिए भने मंगलबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो।

श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।